काठमाडौं – सोमबारको साँघु साप्ताहिकमा प्रकाशित समाचार प्रति भिजेद्वय सुरज गिरि र साहना बज्राचार्यले खण्डन व्यक्त गरेका छन् । टेलिभिजन पर्सनालिटी सुरज र साहनाले आफूहरुले जवानी नबिसाएको र जवानी नविर्सिएकोु प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्याएको भन्दै कानुनी उपचार खोज्ने उनीहरुले जनाएका छन्।
‘समाचारमा भनिएजस्तो न त हाम्रो जवानी उम्लिएको नै हो, न त हामीले जवानी बिसाएका नै हौं’ एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले भनेका छन्।
व्यवसायिक कामको कारणले चितवन गएको र फर्कने क्रममा गाडीको टायर पङ्चर भएपछि टायर फेर्ने क्रममा प्रहरीले टाँडीमा सोधपुछ गरेको दुवै जनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। प्रहरीले सोधपुछपछि मादक पदार्थ सेवनको चेक जाँचको लागिमात्र लगेको उनीहरुले दावी गरेका छन्। मापसे जाँचका क्रममा हामी मध्ये सुरजले मादक पदार्थ सेवन गरेकोले सोही अन्तर्गत कारवाही गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आफूहरु मिल्ने साथी भएको उनीहरुको दाबी छ।
(हेर्नुहोस् विज्ञप्ति)
प्रतिक्रिया