नर्भिक हस्पिटल थप्यो टेस्ला थ्री एमआरआई र १२८ स्लाइस सीटीस्क्यान मेसिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७४, बिहीबार ०५:१९

नर्भिक इन्टरनेशनल हस्पिटलले टेस्ला थ्री एमआरआई र १२८ स्लाइस सीटीस्क्यान मेसिन थप गरेको छ । नयाँ सेवा थपिएसँगै न्युक्लिएर मेडिसिन सेन्टरका रुपमा स्थापित भएको नर्भिकले बताएको छ।

नर्भिकको नयाँ प्रविधिको उद्घाटन पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहले गरेकी थिइन्।

इन–बोर भित्र रहेको श्रब्य–दृश्य प्रणालीको सहयोगले बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, मनपर्ने भिडियो आदि सुन्न÷हेर्न सक्ने यो प्रविधि नेपालमै पहिलो भएको हस्पिटलको दावी छ।

हस्पिटलले आगामी पाँचवर्षभित्र आधुनिध प्रविधि विस्तार गर्दै जाने लक्ष्यअनुसार यो प्रविधि जडान गरिएको नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले बताइन्।

प्रतिक्रिया