सामानको मूल्य बृद्धि हुँदा भूकम्प पीडितलाई समस्या माथि समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७४, मंगलवार ०६:१०

सिन्धुली ।  सरकारले भूकम्प पीडितलाई पौष मसान्त सम्ममा दोस्रो किस्ता लिनु पर्ने लिष्ट सार्वजानिक गरेसँगै भूकम्प पीडितलाई घर बनाउने सामानको अभाव हुन थालेको छ। एकै पटक जिल्लाका अधिकांश घरबन्न थालेपछि घर बनाउने सामानको मूल्य बृद्धिका साथै अभाव भएको हो।

२०७३ सालको साउनसम्ममा सम्झौता गर्नेले २०७४ असार मसान्तमा घर बनाइसक्नु पर्ने प्रावधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजानिक गरेपछि जिल्लामा धेरै नीजी अवास एकसाथ बन्न थालेका छन् । नीजी अवास एक साथ बन्न थालेको मौका छोपी अधिकांश घर निर्माण गर्ने सामानको भाउ बढेको छ। हार्डवयरका सामाग्री देखि नदी खोलाबाट उत्खनन गरि ल्याइने गिट्टी बालुवाको समेत भाउ दोब्बर झै भएको भूकम्प पीडित बताउँछन्।

प्रति ट्याक्टर बाह्र सय देखि पन्ध्र सय पर्ने ढुङगालाई हाल २२ सय देखि २५ सय सम्म प्रतिट्याक्टर व्यापारीले लिन थालेका छन्। खोलामा ढुङगाको अभाव भएको भन्दै ट्याक्टर धनीले भूकम्प पीडितलाई ढुङगा बालुवाको मुल्यमा दोब्बर बढाएका हुन्।

जिल्लाको कमला नदी, मरिण खोला ग्वाङ खोला लगायतबाट ढुङगा निकालेर व्यवसायीले भूकम्प पीडितलाई बेच्दै आएका छन्। झन्डै ३४ हजार घर २०७२ सालको बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भन्दै पूनर्निर्माणका लागि सरकारले लाभग्राहीको सूचीमा राखेको छ । तीनै घरहरु धमाधम बन्न थालेपछि हाल सदरमुकाम सिन्धुलीमाढी सहित गाँउगाँउमा घर बनाउने सामाग्री अभावका साथै महङगो मूल्य पर्न थालेको भूकम्प पीडित बताउँछन् ।  बालुवा ढुङगाको मात्र नभएर जिल्लामा रड सिमेन्टको र इट्टाको माग व्यापक रुपमा बढेपछि हार्डवयर व्यापारीहरुले समेत मुल्य बढाउन थालेका छन् । माथिबाटै मुल्य बढेको भन्दै जिल्लाका व्यापारीहरुले रड सिमेन्ट जस्तापाता लगायतको सामानको भाउ बढाएको भूकम्प पीडित बताउँछन्।

सामानमा बिचौलिया

भूकम्प पीडितलाई एक साथ घर निर्माणका सामान आवश्यकता परेपछि सामान खरिद सस्तो र राम्रो उपलब्ध गराइदिने भन्दै गाँउगाँउमा विचौलिया समूह पुग्न थालेका छन् ।  गिट्टी बालुवा इट्टा रड सिमेन्टमा विशेष गरि विचौलिया लागेका छन्, उनले भने–‘सामान ल्याउने भन्दै पीडितसँग ठेक्का लिन्छन् र महङगो मुल्यमा कमसल सामान ल्याइदिन्छन्।

प्रतिक्रिया