मन्त्री र सभासदद्वारा फोन मार्फत शिक्षकलाई हाजिर नगराउन दवाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७१, बिहीबार ११:१२

योगी योगेन्द्र/संखुवासभा२९  ,साउन । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-१३ मा रहेको सिंहेश्वरी निम्न माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय संखुवासभाले खटाएका एक शिक्षक दुर्गा कुमाललाई हाजिर नगराउनु भन्दै शिक्षा मन्त्री चित्रालेखा यादवले फोनबाट जिल्ला शिक्षा अधिकारी बीरबहादुर खड्कालाई निर्देशन दिएकी छन् । विद्यालयमा शिक्षक दरबन्दी कम भएपछि जिशिअ खड्काले श्री सिर्जना प्राथमिक विद्यालय पिप्लेटारका शिक्षक दुर्गा कुमाललाई दरबन्दीसहित हाजिर हुन पठाएका थिए ।timthumb तर सिंहेश्वरी निम्न माध्यमिक विद्यालयका प्रअ भोजराज भट्टराईले आफूभन्दा माथिल्लो तहको शिक्षक आएको भन्दै हाजिर गराउन नमानेको बुझीएको छ । मंगलबार शिक्षा समितिको बैठक बसी शिक्षक हाजिर गराउने निर्णय गरे गत्तै सभासद दीपक खड्का र शिक्षा मन्त्री चित्रालेखा यादवले निर्णय कार्यान्वयन नगर्न कडा निर्देशन दिएकी थिईन । जिल्ला शिक्षा अधिकारी खड्का बुधबार आफ्फै विद्यालय पुगेर शिक्षक कुमाललाई हाजिर गराउन निर्देशन दिएका थिए । जिशिअले निर्देशन दिएको केहि छिनमै मन्त्री र सभासदले फोन गरेर शिक्षकलाई हाजिर नगराउन आफुलाई दवाव आएको जिशिअ खड्काले बताए ।

प्रतिक्रिया