पूर्व मन्त्रि ढकालले उद्घाटन गरे २९ औं हिमालयन जाभा कफी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७४, मंगलवार ०५:५५

काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले हिमालयन जाभा कफीको २९ औं शाखाको आज नयाँ बानेश्वरमा उद्घाटन गरेका छन् । क्याफेको सुभारम्भ गर्दै ढकालले हिमालयन जाभालाइ स्वस्थकर, ताजा र स्वादिष्ट गुण भयको नेपाली उत्पादनको एक उत्कृष्ट अन्तराष्ट्रिय मापदण्डको कफीको रुपमा तारिफ गर्नु भयो । पूर्व मन्त्रि ढकालले हिमालयन जाभा कफीले अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रबद्धन गरेको आफुले पायको भन्दै कफीका सस्थापक गगन प्रधान र आनन्द गुरुङको प्रशंसा समेत गर्नु भयो । ढकालले अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनलाइ प्रतिस्पर्धी बनाउदै लैजानु पर्ने धारणा राख्नु भयो। १९९९ मा सुरु भयको हिमालयन जाभाले नेपाल बाहेक भुटान, थाईल्याण्ड, क्यानाडा, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा शाखा खोलि ३०० जना भन्दा बढीलाई रोजगारी उपलब्ध गरायको सस्थापक गगन प्रधानले जानकारी दिनु भयो।

प्रतिक्रिया