इच्छाराज तामाङ सिभिल बैंकको अध्यक्षमा पुन: नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७४, बिहीबार ०५:१८

काठमाडौं । सञ्चालक  समितिको पुस ३ गते बसको बैठकले इच्छाराज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । बैंक संचालक समितिले अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो । तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बाफिया लागू हुँदा तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद रहेको थिए । अहिले उनी सांसद छैनन् ।

तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।

बैंकको पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक लगानीकर्ताको समूहबाट ईच्छाराज तामाङ, अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोद लाल श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वा्चित गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१