वीपन्नमैत्री स्वास्थ्य नीतिको निरन्तरतामा रमेशकुमार महतको जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०७४, आईतवार ०६:५१

नुवाकोट  । नेपाली काँग्रेसका महासमिति सदस्य रमेशकुमार महतले स्वास्थ्य सेवामा वीपन्न नागरीकको पनि सहज पहुँच स्थापित हुनुपर्ने वताउँदै काँग्रेसको सरकारले सुरु गरेको वीपन्नमैत्री स्वास्थ्य नीतिको निरन्तरतामा जोड दिएका छन् ।
शनिवार नुवाकोटको सूर्यगढी गाउँपालिका– ४ को हल्देकालिकामा जोशिला युवा कल्वको आयोजनामा संचालित एकदिने मुटुरोग विशेष स्वास्थ्य शिविरको समापनका क्रममा काँग्रेस नेता महतले ज्ञान, धन र पहुँचको अभावमा अधिकाँश नेपाली नागरीक मुटुरोगवाट पीडित भएको वताउँदै नेपाली काँग्रेसको सरकारले ल्याएको स्वास्थ्य वीमावाट आम नागरीक लाभान्वित हुन सक्ने वताए । त्यसक्रममा काँग्रेस नेता महतले शिविर सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल मेडिकल कलेज काठमाडौंका चिकित्सव एवं रेडक्रसकर्मीहरुलाई प्रशंशापत्रद्वारा सम्मानित समेत गरेका थिए ।
कार्यक्रममा तादी गाउँ पालिकाका अध्यक्ष नारायण पाण्डे र सूर्यगढी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु वुढाथोकीले मुटु रोगलाई सामान्य रुपमा लिने प्रबृत्तीले धेरैको ज्यान गएको वताउँदै यसका वारेमा जनचेतना जागृत गराउन स्थानीय संघसंस्थाहरु क्रियाशिल हुनुपर्नेमा जोड दिएका थिए ।
शिविरमा तीनसय भन्दा बढी स्थानीयको स्वास्थ्य परीक्षण गरिएको र त्यस मध्ये मुटुरोगको वढी समस्या देखिएका ३२ जनालाई काठमाडौंमा उपचारका लागि सिफारिस गरिएको आयोजक संस्थाका अध्यक्ष अच्यूत ढकालले जानकारी दिए ।

प्रतिक्रिया