कास्की । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र, मालेपाटन पोखरामा कार्यरत इलेक्ट्रिकल फोरम्यान ईश्वरप्रसाद सुवेदीलाई २५ हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
थ्री–फेज विद्युत मिटर जडान गर्ने सिलसिलामा सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने उजुरी एवम् निवेदनको आधारमा अख्तियारको कार्यालय, पोखराबाट खटिई गएको टोलीले मंगलबार सुवेदीलाई घुससहित नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया