कति हुन्छ मिस वर्ल्डको कमाइ ? यस्ता छन् ताज जितेपछि हुने फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७४, मंगलवार ०५:४९

एजेन्सी। संसारकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस वर्ल्ड’ प्रतियोगिता हालै सम्पन्न भएको छ । यस वर्षको मिस वर्ल्डको उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छिन् । ताज जितेसँगै मानुषीको सबैतिर चर्चा छ । तर के तपाइँलाई थाहा छ यो उपाधि जितेपछि कति पुरस्कार पाइन्छ ?

मिस वर्ल्डको ताज जित्नको लागि संसारभरका युवतीहरु हरेक वर्ष प्रयत्न गर्छन् । यो ताज पाउने युवतीलाई संसारकै सबैभन्दा सुन्दर मानिन्छ । यसका साथै उनीमाथि धनको वर्षा हुन सुरु हुन्छ । प्रतियोगिता जित्नेको लागि सबैभन्दा खास चीज यसको ताज हो । यो ताजमा हीरा र अन्य बहुमूल्य रत्नहरु जडिएका हुन्छन् । यसको मूल्य ५ देखि ८ करोड नेपाली रुपैयाँ हुन्छ ।

यसबाहेक मिस वर्ल्डले करिब १६ करोड नेपाली रुपैयाँजति नगद पुरस्कार पाउँछिन् । मिस वल्र्ड एक वर्षको लागि संसारभर कहीँपनि फ्रिमा घुम्न सक्छिन् । मिस वर्ल्डलाई ठूला ठूला ब्राण्डको स्पोन्सरसिप हुन्छ । अर्थात मिस वर्ल्डले ती ब्राण्डका सामान निःशुल्क उपयोग गर्न पाउँछिन् । मिस वर्ल्ड बन्नासाथ उनीहरुले कैयौं एड फिल्म पाउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१