कोठा भाडा लगाईदिने एप घरभेटी डट कम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७४, आईतवार ०७:१२

काठमाडौँ ।  मानिसहरुले विभिन्न किसिमका आविष्कार अन्वेषणहरु गरेका छन् ।   विभिन्न मानिसहरु विभिन्न सोचका साथ हिडिरहेका हुन्छन् र फरक फरक समस्या र त्यसको समाधानको उपाय खोज्छन् ।  त्यसै क्रममा कोठा भाडा लगाउन कसरी सहज बनाउन सकिन्छ भनेर एक घरभेटी डट कम नामको वेब एप विकास गरिएको छ  उक्त घरभेटी डट कमले कोठा खालि हुन अघि नै त्यसको बुकिंगका निम्ति प्रि(बुकिंग गर्न सकिने फिचर पनि बजारमा ल्याएको छ ।  घरभेटी एपले कोठा वा घर निर्माण सम्पन्न हुनु वा कोठा खाली हुनु अघि नै उक्त खाली ठाउँ तोकिएको मितिवाट प्राप्त गर्न सकिने गरि अग्रिम बुकिंग खुल्ला गरि कोठा भाडा लगाईदिने समस्याको समाधान समयमै गर्नेछ ।
घरभेटी डट कमका संचालकको दावी छ कि यस फिचर नेपालमा सम्भवत एउटा नयाँ थालनी हो जसले कोठा खालि रहेको समयको आर्थिक नोक्सानी हुनबाट बचाउँछ  यस फिचरको प्रयोगले घरभेटीको घरमा टुलेटको बोर्ड झुण्डियाउन अघि नै कोठा खोज्ने समस्यामा परेका मानिसहरुको पहुँच बढाउंछ ।  घरमा टुलेटको बोर्ड झुण्डियाउनु पर्ने अवस्थाको निर्मुलीकरण गर्न नसके पनि उक्त समस्याको न्यूनीकरण गर्ने गरि घरभेटी डट कम संचालनमा ल्याईएको हो ।
घरभेटी डट कम घरभेटीका निम्ति मात्र सहयोगी एप नभएर कोठा खोज्ने व्यक्तिहरुका निम्ति पनि धेरै नै सहयोगी एप हो  घरभेटीहरुले यस एपमा खाली रहेका कोठाहरुको विस्तृत विवरण सहजै राख्न सक्नेछन् र उक्त कोठाहरुको जानकारी आवश्यक प्रयोगकर्ताहरुले यस एप मार्फत लिन सक्नेछन्।   एपका प्रयोगकर्ताले नोटिफाई रुम फिचरको मद्दतबाट चाहेको पायक पर्ने ठाउँमा, चाहेको जस्तो, आफ्नो बजेट भित्रको कोठा घरमै बसेर यस एपको मद्दतले सजिलै भेटाउन सक्नेछन् ।
सहरमा कोठा खोज्दा समय मै कोठा नपाउने समस्यामा परेकाहरुले पनि छिटो कोठा भेटिने र घरभेटीले पनि कोठा खाली राखेर घरमा टुलेटको बोर्ड झुण्डियाउनु पर्ने वाध्यताको अन्त्य हुने विश्वास यस घरभेटी डट कमबाट गर्न सकिन्छ भने एपले घर बहालमा दिने समस्याको समाधानलाई प्राथमिकतामा राखेको देखिन्छ ।  यस्तै आगामी दिनहरुमा पनि घरभेटी डट कमले कोठा भाडा लिन र दिनका निम्ति एक सहज परिस्थितिको सृजना गरेर नेपालीको जनजीवनमा घरभेटी डट कमले सहजकर्ताको भूमिका लिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१