विश्वमै सबैभन्दा बढी कमाउने मोडल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७४, शनिबार ०८:१५

२२ वर्षीया केन्डल जेनर विश्वमै सबैभन्दा बढी कमाउने मोडल बनेकी छन्। उनले गतवर्ष २.२ करोड डलर कमाएकी छन्। जेनर सबैभन्दा बढी कमाउने मोडल बनेपछि २००२ यता पहिलो पटक जिसेल बुन्चेन पहिलो स्थानबाट तल झरेकी छन्।
जेनर एडिडास, एस्टे लाउडर र ला पेर्लाजस्ता ब्राण्डहरुसँगको सम्झौता तथा उनको पारिवारिक टेलिभिजन शो र सामाजिक सञ्जालमा गरेको विज्ञापनका कारण पनि धेरै कमाउने मोडलहरुको सूचीको पहिलो स्थानमा रहन सफल भइन्। जेनरको इन्स्टाग्राममा साढे ८ करोड फलोअर्स छन्।
धेरै कमाउने मोडलहरुको सूचीमा बुन्चेन दोस्रो, क्रिसी टाइगन तेस्रो, एड्रियाना लिमा चौथो र रोज हन्टिंगटन ह्वाइटली तथा जिजी हडिड पाँचौ स्थानमा छन्। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१