वि.पी. चिन्तन प्रतिष्ठान अष्ट्रेलिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७४, शनिबार ०८:०५

अनेकौं उतार चाढाबबीच यतीबेला नेपाल राजनितिक रुपान्तरणको प्रसब पिडाबाट गुज्री रहेको छ । एकातिर संघिय लोकतान्त्रीक गणतन्त्रको संस्थागत बिकास गर्नु पर्ने दायित्व छ भने अर्को तिर बाम गठबन्धनको नाममा कम्युनिष्ट एकाधिकारबादी अधिनायकबाद लाद्ने दुष्प्रायस अनपेक्षित एबं आकस्मिक रूपमा राजनैतिक परीदृष्यमा देखा परेको छ ।जननायक वि पि कोईरालाले सदैब शासन संचलानमा ब्यक्ती भन्दा पनि लोकतान्त्रीक पद्दतीलाई जोड दिनु भयो । ब्यक्तीगत लाभ र पद एबं मान प्राप्ती वि पी कोईरालाले अंगीकार एबं निर्देश गरेको राजनितीमा सदैब गौण रह्यो । आवरण जेसुकै भएपनि जनभावनाको कदर गर्दै जनताप्रती जिम्मेवार एबं उत्तरदायी लोकतान्त्रीक शासन पद्द्तीको सुनिष्चितताको कसीमा ब्यक्तीगत लाभ र क्षणिक स्वार्थपूर्तीका लागी गरिने जुनसुकै हर्कत पनि निन्दनिय हुन्छन । यसै सन्दर्भमा अहिले देश संघिय एबं प्रादेशिक निर्वाचनको संघारमा उभिएको छ । यो निर्वाचनमा एकातिर कम्युनिष्ट तानाशाहीका पृष्टपोषकहरू गोलबन्द भएका छन भने अर्कोतिर लोकतान्त्रीक शक्तीहरू माथी मुलुक र जनताको बलिदानबाट प्राप्त लोकतान्त्रीक अधिकार जोगाई राख्ने चुनौती थपिएको छ ।यस्तो बिषम परिस्थितीमा समस्त लोकतान्त्रीक शक्तीहरूको अभेध्य एकता अपरिहार्य भएको छ । तर बिडम्बनापूर्ण रूपमा लोकतन्त्रका पिता वि पी कोईरालाका नाम भंजाएर मुख्य लोकतान्त्रीक शक्ती नेपाली काङ्रेसलाई कमजोर बनाउने हर्कत देखा परेको छ ।अहिले वि पी चिन्तन प्रतिष्ठानको नाममा हरिबोल भट्टराई लगायतका ब्यक्तीहरू आफ्नो नाम वि पीसंग जोडेर स्वयं वि पीद्वारा स्थापित पार्टीलाई तथानाम गाली गर्दै आफ्नो ब्यक्तीगत स्वार्थपूर्तीको लागी नेपाली काङ्रेशलाई र प्रकान्तरणमा लोकातन्त्रलाई नै कमजोर बनाउने खेलको मतियारको रूपमा देखिनु निन्दनिय बिषय हो । वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलिया यस्ता दुष्प्रयासकको भर्त्सना गर्दछ । साथै हरिबोल भट्टराईले नेतृत्व गरेको भनिएको वि पी चिन्तन प्रतिष्ठानसंग हाम्रो कुनै संस्थागत संबन्ध समेत नरहेको ब्योहोरा हामी स्पष्ट पार्न चाहन्छौं ।अन्तमा आसन्न दुबै तहका निर्वाचनमा कुनैपनि नामका छद्म भेषीहरूको भ्रमपूर्ण प्रचारको पछी नलागेर नेपाली काङ्रेशको रूख चिन्हमा मतदान गरी लोकतान्त्रीक अधिकार सुनिष्चित गर्न वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलिया सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई हार्दीक अनुरोध गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१