क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीले पाइरहेका ‘जेड’ श्रेणी’ को सुरक्षालाई कटौती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७१, बुधबार ०६:५४

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीले पाइरहेका ‘जेड’ श्रेणी’ को सुरक्षालाई कटौती गर्दै झारखण्ड सरकारले ‘वाइ’ श्रेणी निर्धारण गरेको छ ।
धोनीको सुरक्षा श्रेणी कम गर्ने निर्णय महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा सम्बन्धित समिक्षा बैठकको दौरान लिइएको बताइएको छ । पुलिस महानिर्देशक राजिव कुमारका अनुसार इन्टेलिजेन्स विभागबाट धोनीलाई कुनै पनि खतरा नभएको सूचनाका आधारमा उनको सुरक्षामा कटौती गरिएको हो ।ms-dhoni-india-captain
‘जेड’ श्रेणीको सुरक्षा अनुसार धोनीले नौँ जना पुलिसकर्मी पाइरहेका थिए । श्रेणी परिवर्तन हुने वित्तिकै अब उनलाई सातजना पुलिसकर्मीहरुले मात्र सुरक्षा दिनेछन् । कुमार भन्छन्, ‘ तर उनको सुरक्षाको विषयमा कुनै पनि चिन्ता गर्नु आवश्यक छैन किनभने जब उनी घर जान्छन्, उनको सुरक्षाको श्रेणी ‘जेड’ भन्दा धेरै माथिको हुने गर्दछ । ’
धोनीलाई इन्टेलिजेन्स विभागसँग खतरा भएको खबर आएलगत्तै केहि महिना पहिले ‘जेड’ श्रेणाीको सुरक्षा दिइएको थियो तर अब यस्तो केहि पनि खतरा नभएका कारण समिक्षा समितिले यसलाई घटाएर ‘वाइ’ श्रेणी गर्ने निर्णय लिएको कुमारले बताए । (एजेन्सी)

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१