काठमाडौं । हिमालयन बैंकलाई सञ्चालक समितिमा म्युचुअल ट्रेडिगं कम्पनीको प्रतिनिधित्व नगराउनुको कारण खुलाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पाटन उच्च अदालतका न्यायाधीस शेखरप्रसाद पौडेलको एकल इजलासले म्युचुअल ट्रेडिगं कम्पनीको माग अनुसार आदेश किन जारी नगर्ने भन्दै सञ्चालक समितिका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
त्यसका साथै समितिलाई १५ दिन भित्रमा म्युचुअल ट्रेडिगं कम्पनीलाई बैंक सञ्चालक समितिमा प्रतिनिधित्व नगराउनुपर्ने प्रष्ट आधार अदालतमा पेश गर्न समेत आदेश जारी गरेको छ ।
हिमालय बैंकमा चौथो ठुलो लगानीकर्ता रहेको म्युचुअल ट्रेडिगं कम्पनीले आफ्नो प्रतिनिधीत्व नभएको भन्दै अदालतको शरणमा पुगेको थियो । त्यसका साथै अदालतले मंसिर ८ गते दुवै पक्षलाई छलफलका लागी समेत बोलाएको छ ।
यस्तो छ अदालतको आदेश
प्रतिक्रिया