अब फोन नम्बर बिना बन्दैन इमेल आइडी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७१, बुधबार ०६:४१

अब चाँडै नै तपाईंलाई स्प्याम मेल र दिन दिनै आउने विज्ञापनको मेलबाट छुटकारा मिल्नेछ किनभने जिमेल र याहूले कुनै पनि नयाँ आइडी बनाउनुपूर्व फोन नम्बर अनिवार्य गरेको छ जसका कारण कुनैपनि मेल आइडीको प्रमाणीकरण सजिलै गर्न सकिनेछ ।gmailandyahoo
यो नयाँ नीतिले स्प्याम मेसेज पठाउनेमाथि रोक लगाउनेछ भने नक्कली इमेल आइडीको पनि आँकडामा कमी आउने बताइएको छ ।
जिमेल वेभसाइटका अनुसार फोन नम्बर माग्नुको मुख्य उद्देश्य स्प्याम इमेल पठाउनेहरुलाई रोक्नु हो । उता याहूले पनि फोन नम्बर अनिवार्य गर्नुमा प्रयोगकर्ताहरुलाई नै सजिलो होस् भन्नको लागि यसो गरेको बताएको छ । (एजेन्सी)

प्रतिक्रिया