अर्वपति विनोद चौधरीकै नर्भिक अस्पतालमा यत्रो अत्याचार ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७४, शुक्रबार ०६:२७

काठमाडौं । अन्तराष्ट्रिय स्तरको सेवा दिने भन्दै प्रचार गरिएका अस्पतालहरुको पोल एक पछि अर्को गर्दै खुल्न थालेका छन् । अस्पतालहरुले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने भन्दै प्रचार गरेपनि सेवाग्रहीहरुलाई झुक्याउने र ठगी गर्ने गर्ने गरेका तथ्यहरु बाहिर आउन थालेका हुन् । करिब डेढ महिना अघि मात्रै सञ्चालनमा आएको नेपाल मेडिसिटी अस्पतालले गलत रिपोर्ट बनाएर चरम लापरवाही गरेको तथ्य फेला परेको केही दिन नवित्दै अन्य अस्पतालहरुका पनि लापर्वाही बाहिर आउन थालेका हुन् । गैर अवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानीमा रहेको नेपाल मेडिसिटी अस्पतालले नियमित चेकअप गर्न आएकी गर्भवती महिलालाई एचआईभी संक्रमण भएको गलत रिपोर्ट दिएर भ्रम सिर्जना गरेको थियो ।
सो अस्पतालले लोकन्थलीमा बस्दै आएकी एक महिलालाई एच आइभी संक्रमण रहेको भन्दै मानसिक तनाव दिने कार्य गरेको थियो । अस्पतालले एचआइभी संक्रमण भएको रिपोर्ट दिएपछि आत्तिएका महिला दम्पत्तिले अर्को अस्पतालमा पटक पटक परिक्षण गर्दा एचआइभी नभएको पुष्टि भयो । मेडिसिटीले भ्रम र तनावमा सिर्जना गरेका ती महिला दम्पति चेक गर्न कै लागि भारत समेत पुगे र त्यहाँको रिपोर्टले पनि एचआइभी नभएको पुष्टि गर्यो । जानकारहरुका अनुसार यो मेडिसिटी अस्पतालको चरम लापर्वाही थियो ।


मेडिसिटीको लापर्वाही सार्वजनिक भएको केही दिन नवित्दै नर्भिक अस्पतालको पनि ठगी सार्वजनिक भएको छ । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा नर्भिकको ठगी बाहिर आएको हो ।

चौधरी ग्रुपको लगानी रहेको नर्भिक अस्पतालले सेवाग्राहीबाट १३ प्रतिशतसम्म बढी रकम असुलेको तथ्य फेला परेको आपुर्ति व्यवस्थान विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दावी गर्दै आएका छन् ।

उनी भन्छन् “१३ प्रतिशत हेर्दा सामान्य लागे पनि अस्पतालमा लाग्ने विरामीको सन्दर्भमा यो ज्यादै ठुलो रकम हो” “अस्पतालमा विरामीको उपचार गर्न लाखौं रुपैयाँ लाग्ने गर्छ, ।”


नर्भिकले ५ प्रतिशत अतिरिक्त रकम स्वास्थ सेवा करको नाममा लिने गरेपनि त्यसबाहेक १३ प्रतिशत रकम अस्पताल सेवा शुल्क असुल्दै  आएको छ । ५ प्रतिशत लिएको रकम राज्यलाई कर तिरेपनि १३ प्रतिशत आफैं कुम्ल्याउँदै आएको आपुर्ति विभागको अनुगमनबाट पुष्टि भएको हो ।

सेवा ग्राहीको ठगीबाहेक नर्भिक अस्पतालले अन्य पनि बदमासी गर्दै आएको तथ्य अनुगनका क्रममा फेला परेको थियो । नर्भिक अस्पतालले १ सय सैया सञ्चालनको अनुमति लिएर १ सय ३० सैया सञ्चालन गरेको छ ।

१ सय सैयाको राज्यलाई कर तिरेर ३० सैयाको रकम आफैं कुम्ल्याउँदै आएको छ ।
त्यस्तै थापाथलीमा नै रहेको अर्को श्री डेन्टल डायग्नोष्टिक प्रालीले समेत सामाजिक सुरक्षा कर, स्वास्थ सेवा करमा लापर्वाही गरेको आपुर्ति व्यवस्थापन विभागको दावी छ ।

त्यस्तै चावहिलमा रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर पनि अस्पताल संचालनको स्वीकृति नविकरण नगरिकनै सञ्चालनमा रहेको आपुर्ति विभागले दावी गरेको छ ।

प्रतिक्रिया