काठमाडौँ । अग्निवान राष्ट्रिय पाक्षीक र शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अग्निवान पत्रकारिता पुरस्कार–२०१७’ पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ ।
पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु(याएबापत उहाँलाई सो पुरस्कार प्रदान गर्न लागिएको शिवपुरी मिडिया नेटवर्क प्रालिका अध्यक्ष रवीनप्रसाद थपलियाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
विगत १५ वर्षदेखि नेपालको विद्युतीय पत्रकारितामा सक्रिय पत्रकार मरहठा पछिल्लो समय विभिन्न छापा तथा अनलाइन मिडियामा पनि संलग्न हुनुहुन्छ ।
प्रतिक्रिया