नौ वर्षको उमेरमै ९२ किलो तौल (फोटोफिचर र भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७१, मंगलवार २०:३१

एजेन्सी- नाम, सुमन खातून, उमेर नौ वर्ष, तौल ९२ किलो । साँच्चीकै पत्याउनै गाह्रो छ । ९ वर्षे बालिकाको झण्डै १ क्विन्टलको तौल । सम्भव नै नहुने कुरा भन्नुहोला । तर यो सत्य हो ।
यतिधेरै तौल नहोस् पनि कसरी ? उनले यति धेरै खान्छिन् की सुन्दैमा पनि आङ जिरिङ्ग हुन्छ । हप्तादिन भरिमा उनले १८० वटा केरा, ९ किलो आलु तथा १४ किलो चामलको भात हसुर्छिन् ।suman1
भारतको पश्चिम बंगालका यी बालिक विश्वका सबैभन्दा बढि तौल भएका बच्चा मध्येका एक हुन् । उनको भोक यति भयानक छ की दिनभरि खाएको खायै गर्दा पनि उनको पेट भरिन्न । उनी दिनभर नखाइकन बस्नै सक्दैनिन् ।

suman2
आफ्नो उमेर तथा कदको अनुपातमा ५ गुणा बढि तौल भएकी सुमनलाई गुलियो खानेकुरा बढि मन पर्छ । केक तथा मिठाइ उनका रुचिका खानेकुरा हुन् । आफ्नी छोरीको भयानक भोक तथा अजंगको सरीरका कारण उनकी आमा मित्र बीबीलाई आजभोलि सन्ताप लाग्न लागेको छ ।
स्मरण रहोस् स्थानीय स्कुलले उनको भोकलाई मध्यनजर गर्दै दिउसो खाजा समयमा उनलाई प्रसस्त खानाको व्यवस्था समेत गरेको थियो । बिरभूम जिल्ला प्राथमिक विद्यालय परिषदले सुमनका लागि विद्यालयमा पेट भरिउन्जेल खाना खान दिने निर्णय गरेको थियो ।
छोरीको लागि खाना पूराउन सक्ने अवस्थामा उनका बुवा आमा छैनन् । त्यसैले छिमेकी तथा गाउँलेले समेत उनलाई भात, तरकारी विस्कुट तथा अन्य खानेकुरा दिने गरेको उनका बुवा जलाल बताउँछन् ।

बुवाआमा ती बालिकाको स्वास्थ्य तथा भविष्यको विषयलाई लिएर चिन्तामा छन्। उनीहरुले आफ्नी छोरीको उपचारमा सहयोग गर्न स्थानीय डाक्टरहरुलाई समेत आग्रह गरिसकेका छन् । छोरीको भोक शान्त पार्न नसके उनलाई उनको भोकले नै मार्ने डर बावुआमामा छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१