गोल्डम्यान सैक्सका प्रमुख लायड ब्ल्याकफिन । नेटस्केपका संस्थापक मार्क एन्ड्रीसन । फुबुका संस्थापक तथा शार्क ट्याङ्कका लगानीकर्ता डायमन्ड जोन । यीनका अलावा पनि व्यवसायका धेरै बादशाह टक्लु (तालु खुइलिएका) छन् ।
तपाई भन्नसक्नु हुन्छ कि यी पुरुष विशेषाधिकार प्राप्त हुन् । तर पेन्सिलवेनिया विश्वविद्यालयले गरेको रिसर्च अनुसार तालु खुइलिएर सफाचट हुनुका पछाडि केही विशेष राज छन् ।
खोजकर्ता अल्बर्ट मेनेसका तीन प्रयोगमा सफाचट टाउको भएका (टक्लु) व्यक्ति बढी रबाफी मानिए । जो व्यक्ति टाउकाको कपाल खुइल्याउँछन् उनीहरु बढी रवाफ जमाउने (रवाफी), उचाइमा लामो भएका पाइए । अध्ययनमा यो पनि पाइयो कि जुन व्यक्तिको कपाल झर्ने समस्या छ, उनीहरुले तालु खुइल्याएर आफ्नो व्यक्तित्व निखार्न सक्छन् ।
अमेरिकी सरकारको लागि डेटा साइनटिस्टको रुपमा कार्यरत मेनेस भन्छन्, ‘तालु खुइलिएका व्यक्तिलाई बढी रवाफी मानिनुको पछाडि साँस्कृतिक सोच हो । जसमा लम्बाइ र बुलुन्द आवाजलाई बढी प्रभावशाली मानिन्छ ।’ उनी अगाडि भन्छन्, ‘अमेरिकी समाजमा अक्सर पारम्परिक रुपमा पुरुषको पकड रहेका व्यवसायमा जोडिएका व्यक्ति नै आफ्नो टाउको खुइल्याउँछन् ।’
जो व्यक्ति तालु खुइल्याउने (मुण्डन गर्ने) फैसला गर्छन्, उनीहरु कहीँ न कहीँ साँस्कृतिक पृष्ठभूमिसँग जोडिन पुग्छन् । बास्केटबलको कोर्टमा माइकल जोर्डन तथा सिनेमाको पर्दामा ब्रुस विलिसको रवाफ देख्दा पनि यस्तो भन्न सकिन्छ ।
मेनेसकाको भनाइ छ कि उनलाई यस विषयमा रिसर्च गर्ने प्रेरणा तब मिल्यो जब मुण्डन गरेपछि मानिसहरु उनीभन्दा धेरै फरक देखिन लागे । उनले यो पनि अनुभव गरे कि मुण्डन गरेपछि मानिसहरु रवाफी त देखिन्छन् नै ४ वर्ष वुढा पनि देखिन्छन् । यति मात्रै हैन, टक्लु व्यक्ति कम आकर्षक पनि देखिन्छन् । यी सबै परिणाममा पुग्नका लागि मेनेसले एकपछि अर्को गरेर कैयौं प्रयोग गर्नुपर्यो ।
प्रतिक्रिया