कांग्रेसका लागि पैसा उठाउने जिम्मा अर्बपति विनोद चौधरीलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७४, शनिबार ०६:२९

काठमाडौं । नेपाली कांग्रेसले उद्योगपति विनोद चौधरीलाई आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिको संयोक बनाएको छ ।

निर्वाचनमा आर्थिक परिचालनका लागि बालकृष्ण खाँणको मुल समिति बनाएको छ भने उपसमितिमा नेपालकै धनाढ्य भनेर चिनिने उद्योगपति चौधरीलाई उपसमितिको संयोजक बनाएको हो ।

केही दिनअघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका चौधरीले छोटो समयमै यति ठूलो जिम्मेवारी पाएका मात्रै छैनन् उनी कांग्रेसबाट समानुपातिक उम्मेदवार पनि हुन् ।

अघिल्ला निर्वाचनहरुमा मौन रहँदै आएका उद्योगपति चौधरी कांग्रेसमा प्रवेश गरेसँगै सक्रिय राजनीतिमा लागेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१