निजि कम्पनि चलाए झैं १२ बर्ष देखी एकै व्यक्ति बैंकको सञ्चालक समितिको अध्यक्ष ? बैंकको संस्थापक शेयरधनि रुष्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७४, शुक्रबार १९:१४
काठमाडौं । हिमालयन बैंक लि. मा स्थापना काल देखी नै निजि क्षेत्रबाट ४ वटा समुह संस्थापक शेयरधनि रहेका छन । यी ४ संस्थापक शेयरधनि बाहेक हबिब बैंक लि. पाकिस्तान, कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण शेयरधनीहरू समेत रहेका छन । बैंकको सञ्चालक समितिको नेतृत्व ४ संस्थापक शेयरधनि समुह बिच पालै पालो हुने बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा लिखित नै सहमति भएपनि आजसम्म म्युचुअल ट्रेडिगं कम्पनि प्रा. लि. का प्रतिनिधिलाइ बैंकको सञ्चालक समितिको नेतृत्व गर्न दिइएको छैन । मनोज बहादुर श्रेष्ठ ले त बैंकलाइ निजि कम्पनि चलाए झैं गरेर बिगत १२ बर्ष देखी लाजै नमानी बैंकको सञ्चालक समितिको अध्यक्ष भइ बसेका छन । व्यवस्थापनमा प्रत्यक्ष हस्तक्षेप गर्दै दिन बिताउनु नै वहा को एक मात्र व्यवसाय भएको छ । हालै जारी भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको ऐन (BAFIA) को दफा १४ (१) ले बैंक वा वित्तीय संस्थामा कम्तीमा पांच र बढीमा सात जना सञ्चालकहरू रहेको एक सञ्चालक समिति रहनेछ भन्ने व्यवस्था गरेको छ । संस्थापक शेयरधनिहरू मध्ये म्युचुअल ट्रेडिगं कम्पनि प्रा. लि. को भन्दा कम शेयर धारण गरेका संस्थाहरूबाट सञ्चालकको प्रतिनिधित्व समेत भएको देखिन्छ । म्युचुअल ट्रेडिगं ले अफनो तर्फबाट सञ्चालक मनोनयन गर्न बैंकलाइ लेखेर पठाउदा कानुन विपरित तथा गैर जिम्मेवार तरिकाले आलटाल जवाफ दिइ म्युचुअल ट्रेडिगं को प्रतिनिधिलाइ सञ्चालक समितिमा स्थान नदिने प्रपञ्च भइ राखेको छ । BAFIA आउनु भन्दा अगाडि सञ्चालक नियुक्त गर्न आग्रह गर्दा नगर्ने तर BAFIA ले बढीमा सात जना सञ्चालकहरू रहेको एक सञ्चालक समिति रहनेछ भन्ने व्यवस्था गरेपछि भने आफनो तर्फबाट सञ्चालक नियुक्त गर्न लेखेर पठाउने जस्ता तर्क दिइ म्युचुअल ट्रेडिगं को अधिकार कुण्ठित गरेर न्यायीक मनबाट काम गरेको देखाउन खोजीरहेका छन । यदि साञ्चिकै न्यायीक मनले काम गरेको हो भने
(१) म्युचुअल ट्रेडिगं भन्दा कम शेयर भएका आफनो परिवारको अर्को सदस्यलाइ सञ्चालक बनाउने तर जस्को सञ्चालक बनाउन सक्ने अधिकार छ, उसलाइ छेक्न खोज्ने ?
(२) कसैले आफनो अधिकार प्रयोग नगरेको भन्दैमा उस्को अधिकार नै मिचेर आफनो परिवार पाल्ने ?
(३) BAFIA अनुसार हालको सञ्चालक समिति के अधारमा कायम गरीयो ? को सञ्चालक समिति हुने र को नहुने निर्णय विधिवत हुने कि आफु अनुकुल हुने गरी मनपरि गर्ने ?
(४) आफु बाहेक अरूलाइ नेत्रृत्व लिनै नदिने र हुदां हुदां अर्काको भाग पनि खान खोज्ने, कस्तो लमपसार चरीत्र हो ? अर्काको अधिकार मिचने तर आफु चाहि सपरिवार सञ्चालक समितिमा भइ रहने मनोज बहादुर श्रेष्ठको निर्लज्ज महत्वाकांक्षाको अन्तय हुन जरूरी छ । बैंक आफनो निजि सम्पति होइन र अर्काको अधिकार मिचनु हुदैन भन्ने चेतना आउन जरूरी छ ।

प्रतिक्रिया