काठमाडौं, २७ साउन । प्रहरीले मलेशियामा एक नेपालीलाई अपहरण गरेको आरोपमा तनहुँका कमलबहादुर गौलीलाई पक्राउ गरेको छ ।
प्रहरीले मलेशिया पुगेका भक्तपुर सुडाल गाविस वडा नं ८ का ३९ वर्षीय रामप्रसाद नेपाल अपहरणको आरोपमा गौलीलाई पक्राउ गरेको हो ।
नेपालकै जाहेरीका आधारमा गौलीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीहरुले मलेशियाको कोत्राय भन्ने ठाउँबाट गौली र उनका नेपाली तथा मलेशियन साथीले नेपालको अपहरण गरी पाँच दिनसम्म आँखामा पट्टी बानेर जंगलको बीचमा लगेर राखेको प्रहरीको भनाइ छ । उनीहरुले गएको जेठ ४ गते नेपाललाई अपहरण गरेका थिए ।
गौलीको समूहले नेपालको परिवारबाट ३० लाख रुपैयाँ फिरौती मागेका थिए । यद्यपि उनीहरु चढेको गाडी दुर्घटना हुँदा नेपाल भने भाग्न सफल हुनुभएको थियो ।
प्रतिक्रिया