हिमालयन बैंकमा स्थापनाकालदेखिको गुटबन्दी विवाद उत्कर्षमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७४, शुक्रबार १८:०३

काठमाडौं ।  हिमालयन बैंकमा स्थापनकालदेखिको गुटबन्दी विवाद उत्कर्षमा पुुगेको छ । गत वर्ष बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराको पदावधि थप्ने वा नथप्ने भन्ने विषयमा चुलिएको विवाद साम्य नहुँदै पुनः सञ्चालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको पदावधि थप्ने वा नथप्ने भन्ने विषयको अर्को विवाद उत्कर्षमा पुुगेको हो । स्रोतका अनुसार हिमालयन बैंकका सबैभन्दा बढी हावी देखिएको श्रेष्ठ समूह र राणा समूहबीचको विवाद उत्कर्षमा पुुगेको हो । गत वर्ष श्रेष्ठ समूह कुनै पनि हालतमा प्रमुख कार्यकारी अधिकृत राणाको पदावधि थप्नुहुँदैन भन्ने पक्षमा रहेको थियो । त्यसको बाबजुद पनि राणा प्रमुख कार्यकारीको रुपमा आप्mनो पदावधि थप्न सफल भएका थिए । अहिले भने त्यसको विपरीत राणा समूहले अड्को थाप्दै कुनै पनि हालतमा अध्यक्ष श्रेष्ठको पदावधि थप गर्न नहुने अर्थात् श्रेष्ठले अर्को कार्यकाल पनि अध्यक्ष हुन नपाउने भन्दै अवरोध सिर्जना गरेको छ । यो अवरोधका कारण व्यवस्थापन तथा सञ्चालन पक्षकै बीचमा पनि गुुटबन्दी सुरु भएको छ । नेपालको ठूला वाणिज्य बैंकको रुपमा रहेको हिमालयन बैंकमा पाकिस्तानको हविव बैंक समेतको सेयर लगानी रहेको छ । ठूलो लगानी रहेको भए पनि हविव बैंकका तर्फका प्रतिनिधित्व गर्ने सलिम अम्लारीले बैंकको सञ्चालन तथा व्यवस्थापनमा कुनै पनि प्रकारको हस्तक्षेप गरेका छैनन् । हिमालयन बैंकको सञ्चालक समितिमा अम्लारी पहिलो भाइस चेयरम्यानको रुपमा रहेका छन् ।

बैंकभित्रको अर्को गुट भनेको प्रेम प्रकाश खेतान गुट हो । मोहन गोपाल खेतानको प्रतिनिधिको रुपमा हिमालयनमा प्रेम प्रकाश खेतान दोस्रो भाइस चेयर म्यानको रुपमा रहेका छन् । खेतान ग्रुपले पनि बैंकबाट जुन रुपमा प्रतिफल पाउनुपथ्र्यो, जुनरुपमा बैंकमा स्थान पाउनुुपथ्र्यो, त्योरुपमा पाएको छैन । यो अर्थमा खेतान र हविव बैंकका अम्लारी हिमालयनको बोर्डमा रहेको भए पनि उनीहरुको प्रभाव शून्य रहेको छ । उनीहरुको साथमा न कुनै सञ्चालकहरु रहेका छन्, न त उच्च तहका कर्मचारी र व्यवस्थापन नै रहेको छ । उनीहरु खालि बैंकका स्थापनाको रुपमा रहँदै आएका छन् । हिमालयन बैंकको शक्तिशाली गुट भनेको राणा र श्रेष्ठ नै हो । प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैंकका संस्थापन अध्यक्ष हिमालयशमशेर जबराको प्रतिनिधित्व गर्दै आएका छन् भने अध्यक्ष मनोज बहादुर श्रेष्ठले नरसिंह बहादुर श्रेष्ठको प्रतिनिधित्व गर्दै आएका छन् । यो दुुवै गुट सिंगो व्यवस्थापन तथा सञ्चालकहरुलाई हातमा लिएर एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् । अहिले बैंकभित्र देखिएको समस्या पनि यही नै हो । बैंकमा वर्तमान अध्यक्ष श्रेष्ठको कार्यकाल आगामी चैतमा सकिँदै छ, तर कार्यकाल नसकिँदै कसलाई अध्यक्ष बनाउने, श्रेष्ठको कार्यकाल थप्ने वा नथप्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । राणा पक्ष कुनै पनि हालतमा श्रेष्ठको पदावधि थप गर्न नहुने पक्षमा रहेको छ ।

राष्ट्र बैंकले कुनै पनि बैंक तथा फाइनान्समा सञ्चालक तथा व्यवस्थापन प्रमुखको रुपमा रहेका व्यक्ति दुुई कार्यकालभन्दा बढी उक्त पदमा बस्न नमिल्ने प्रावधान लागू गर्नलागेको अवस्थामा अध्यक्ष श्रेष्ठले अर्को कार्यकाल अध्यक्ष बन्न नपाउने अडान राणा समूहले राख्दै आएको छ । तर श्रेष्ठ समूहले भने राष्ट्र बैंकको उक्त निर्देशन कार्यान्वयनमा नआइसकेकोले ऐन लागू भएपछिको मितिदेखि मात्र उक्त व्यवस्था लागू हुने भन्दै अर्को कार्यकाल पनि अध्यक्षकै पदमा बस्न पाउनुपर्ने अडान राख्दै आएको छ । दुुई कार्यकालसम्बन्धी व्यवस्था कार्यान्वयनका विषयमा संसद्को अर्थ समितिमा समेत चर्को बहस भएकोले उक्त ऐन कार्यान्वयन भएको खण्डमा पनि ऐन लागू भएको मितिले थप दुुई कार्यकाल आफूले अध्यक्ष खान पाउनुुपर्ने अडान श्रेष्ठले राख्दै आएका छन् । श्रेष्ठ र राणाको उक्त अडानप्रति खेतान गुटका प्रेम प्रकाश र हविव गुटका अम्लारी भने मौन बस्दै आएको स्रोतले बताएको छ ।

उक्त विषयमा कुरा गर्दा हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले भने बैंकमा बाहिर हल्ला भएजस्तो कुनै पनि प्रकारको गुटबन्दी नभएको बताए । ‘जहाँसम्म अध्यक्ष र आगामी कार्यकालको कुरा छ, आफ्नो उमेरले गर्दा पनि बैंकभित्र सक्रियरुपमा खटिनसक्ने अवस्थामा म छैन’, उनले भने, ‘कार्यकाल सकिनलागेको र छोरीको विवाह पनि आउनलागेकोले विगत चार महिनादेखि म बैंकमा गएको छैन ।’ बैंकभित्र गुटबन्दी रहेको हल्ला निराधार रहेको भन्दै उनले खेतान र राणासमूह आफ्नो परिवारजस्तै भएको बताए । उक्त विषयमा कुरा गर्दा प्रेम प्रकाश खेतानले भने सुरुमा यस विषयमा आफू कुरा गर्न नचाहने भन्दै पछि सम्पर्क गर्न आग्रह गरे ।

प्रतिक्रिया