हिमालयन बैकमा स्थापनाकाल देखिको गुटबन्दी विवाद उत्कर्षमा पुगेको छ । गत बर्ष बैकका कार्यकारी अधिकृत अशोक शमशेर जबराको पदावधि थप्ने वा नथप्ने भन्ने विषयमा चुलिएको विवाद साम्य नहुँदै पुन सञ्चालक समिति अध्यक्ष मनोज बहादुर श्रेष्ठको थप्ने वा नथप्ने भन्न् विषयको अर्को विवाद उत्कर्षमा पुगेको हो । स्रोतका अनुसार हिमालयन बैकको सबैभन्दा बढी हावि देखिएको श्रेष्ठ समुह र राणा समुह बिचको विवाद उत्कर्षमा पुगेको हो । गत बर्ष श्रेष्ठ समुह कुनैपनि हालतमा प्रमुख कार्यकारी अधिकृत राणाको पदावधि थप्नु हुँदैन भन्ने पक्षमा रहेको थियो । त्यसको बावजुद पनि राणा प्रमुख कार्यकारीको रुपमा पदावधि थप्न सफल भएका थिए । अहिले भने त्यसको विपरित राणा समुहले अड्को थाप्दै कुनै पनि हालतमा श्रेष्ठलाइ अर्को कार्यकाल पनि दिन नहुने पक्षमा छ ।दुइ समुह बिचको यहि वैमनस्यताका कारण बैक भित्र व्यवस्थापन तथा सञ्चालन पक्ष बिच गुटबन्दि छ । नेपालमा ठुला बैक मध्येको एक रहेको हिमालयन बैकमा पाकिस्तानको हविव बैकको समेत शेयर रहेको छ । तर हविव बैकले व्यवस्थापन तथा सञ्चालनमा भने हस्तक्षेप गरेको छैन । हविव बैकका तर्फबाट हिमालयन बैकमा सलिम अम्लारी पहिलो भाइस चेयरम्यान रहेका छन् ।
बैक भित्र अर्को पनि गुट छ । त्यो गुट हो प्रुम प्रकाश खेतान गुट । मोहन गोपाल खेतानको प्रतिनिधिको रुपमा प्रेम प्रकाश खेतान दोस्रो चेयरम्यानका रुपमा रहेका छन् । खेतान ग्रुपले पनि बैकबाट उचित प्रतिफल पाएको छैन । बैकले खेतान समुहलाइ उचित स्थान समेत दिएको छैन । हिमालयनका बोर्ड सदस्य रहे पनि सलिम अम्लारी र खेतान समुहको स्थान शुन्य छ । यि दुइ ग्रुपका साथमा न सञ्चालक समुह छ न व्यवस्थापन समुह छ न त उच्च तहका कर्मचारी नै छन् ।
हिमालयन बैकमा श्रेष्ठ र राणा समुह नै हावि छन् । राणाका तर्फबाट हिमालय शमशेर जबराको प्रतिनिधिका रुपमा अशोक राणा र नरसिह बहादुर श्रेष्ठको तर्फबाट मनोज बहादुर श्रेष्ठ प्रतिनिधि रहेका छन् । यि समुह एक अर्कालाइ सिध्याउनका लागी लागिपरेका छन् । आउदै गरेको चैतमा श्रेष्ठको कार्यकाल सकिदै छ । राणा समुह कुनै पनि हालतमा नेतृत्व आफनो हातमा लिने खेलमा लागेको छ । तर अध्यक्ष श्रेष्ठसंग करा गर्न खोज्दा दुइ समुह बिच वैमनस्यता नरहेको बताउछन ।
प्रतिक्रिया