स्वास्थ्य र समाजसेवाको छेत्रमा चर्चित राष्ट्रसेवक डा.मनोर दिन सैयद नि.शुल्क स्वास्थ्य सिविरका लागि विशेषज्ञ टोलीका साथ संखुवासभाको मकालु गाउँ पालिका को नुम-सेदुवा गाउँ जादैं हुनुहुन्छ ।आगामी आइतबार देखि १ हप्ता सम्म चल्ने सो सिबिर मा खास गरि आङ खसेका महिलाहरु तथा पहिला शल्यक्रिया गर्दा असफल भएका महिलाहरुले बिशेष लाभ लिन सकिने जानकारीमा आएकोछ ।सो सिविरमा न्युन आय भएका महिलाहरु लाइ राजधानी स्थित सुबिधा सम्पन्न मनमोहन मेडिकल कलेज अस्पतालमा नेदरल्याण्ड बाट आउनुहुने बरिष्ठ शल्य-चिकित्सक हरुको सहकार्यमा आगामी मंगसिर ४ देखि १४ गते सम्म नि.शुल्क शल्यक्रिया समेत गर्ने जानकारी डा. सैयद ले दिनु भयो ।
राजधानी मा कार्यरत भयता पनि कम्तिमा मासिक रुपमा देशका दुर्गम जिल्लाहरु गइ स्वास्थ्य र समाजसेवाका कार्यहरु गर्ने डा. सैयद लाइ राष्ट्रकै आशाको किरणको रुपमा हेर्ने गरिन्छ ।गत बाढीमा तराईका जिल्लाहरु गइ बाढीपिडित परिवारहरुलाई सेवा दिनु भएका डा. सैयद १ हप्ता पहिले मात्रै बाँके जिल्लाको दुर्गम गाउँहरु गइ स्वच्छ पिउने पानि वितरण कार्यक्रममा सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया