आइटम प्रेमी मलाइका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७४, बुधबार ०६:०४

मुम्बई।  बलिउड फिल्ममा अभिनय नगरे कोही चल्तीकी अभिनेत्री बराबर चर्चित छिन् भने ती मलाइका अरोरा हुन् । उनले विरलै फिल्ममा अभिनय गरेकी छिन् तर पाँच मिनेटको गीतमा आइटम गर्ने गरेकी उनले यही पाँच मिनेटमा चल्तीकी हिरोइनले पछि पार्ने गरेकी छिन् ।
मलाइकाले फिल्ममा ‘छैया छैया’, ‘मुन्नी बद्नाम हुइ’ जस्ता आइटम गीतमा नृत्य गरेर लोकप्रियता हासिल गरेकी छन् । ‘म फिल्ममा लामो र मुख्य भूमिकामा अभिनय गर्न सक्दिन । मेरा लागि सन्तुष्टि दिने काम केमियो र आइटम गीत नै हो । यसबाटै म खुशी छु ’ हालसालै फिल्ममा किन नखेलेको भन्ने प्रश्नमा उनले भनेकी छन् ।
मलाइकाका छोरा अरहान अहिले १५ वर्षको उमेरमा हिड्दैछन् । उनले परिवारका कारण आफू फिल्मबाट टाढा हुनसक्ने अनुमान गलत रहेको बताइन् । ‘यस्तो कुरा हुँदै हुँदैन । मेरो कहिल्यै पनि ठूलो पर्दामा झुकाव भएन । मलाई ठूलो पर्दामा केमियो र आइटम गीत नै सु्हाउँछ,’मल्लिका भन्छिन्,‘म आफैलाई पनि पूर्ण रुपमा फिल्ममा काम गरेको हेर्न चाहन्न ।’
उनले राम्रो कथा र विषयमा मात्र फिल्मको अफर आएमा अभिनय गर्न सक्ने विषयमा सोच्ने बताइन् । आफू आमा भएर पनि फिल्मबाट टाढा हुन नसक्ने बताउँदै मलाइकाले आइटम नृत्य र केमियो नै करियरको टर्निङ पोइन्ट भएको बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१