गोर्खा। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनले निर्बाचनमा बिजय हाँसिलगरेमा १० बर्षमा १२०० मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलबिधुत परियोजना सम्पन्न हुने बताउनु भयको छ । प्रतिनिधि सभा तथाप्रदेश सभा निर्बाचन अभियानको शुभराम्भ गर्न गृह जिल्ला गोर्खा आउनु भयका ढकालले आँफु संलग्न गठबन्धनले स्पष्ट बहुमत ल्यायरमुलुकमा स्थिरता र द्रुततर आर्थिक विकास गर्ने उल्लेख गर्नु भयो ।
पूर्व मन्त्रि ढकालले इतिहाँसमा बिरलै सृजना हुने अवसरलाइ नागरिकले सहि सदुपयोग गर्न सके मात्र देशमा परिबर्तन सम्भब हुने भन्दैढकालले अहिले निर्माण भयको वाम प्रगतिशील गठबन्धन यस्तै अवसर भयको जिकिर गर्नु भयो । प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकाढकालले स्थायी शान्ति, दिगो विकास र नागरिकको गुणात्मक जीवन स्तर निर्माण गर्न आफुले पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
अध्यक्ष ढकालले हामी जे गरिरहेका छौं त्यसैलाई मात्र निरन्तरता दिएर महान कार्यहरू हासिल गर्न सक्दैनौं भन्ने यथार्थताका साथ नेपालपरिवार दलले ने.क.पा. एमालेसँग सहकार्य गरी देशभक्त, वामपन्थी, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूको वृहत गठबन्धन निर्माणमार्फत राष्ट्रिय कार्यभार पूरागर्न साथ दिएको दाबि गर्नु भयो । आफुँले कुराको भाषा भन्दा पनि कामको भाषा बोल्दै आयको भन्दै ढकाललेबिगत एक दशकमा गोर्खा जिल्लामा आफ्नो पहलमा भयका विकास निर्माण तथा सामाजिक कार्यहरु यसको ज्वलन्त उदाहरण रहेको जिकिरगर्नु भयो ।
महाबिनासकारी भुकम्प पश्चात गोर्खा जिल्लामा प्रथम पक्कि ८ कोठे बिद्धालय भबन आफ्नै पहलमा निर्माण गरियको स्मरण गर्दै ढकाललेझुटा आश्स्वाशन बाड्ने वाट सचेत रहन मतदाता हरुलाई आग्रह गर्नु भयो । संविधान निर्माणसँगै अधिकांस राजनीतिक एजेन्डाहरूव्यवस्थापन भइसकेको अवस्थामा अबको मुख्य कार्यभार लोकतन्त्रको सुदृढीकरण, आर्थिक क्रान्ति र नैतिक क्रान्तिको माध्यमद्वारा दीगोशान्ति, आर्थिक समृद्धि तथा लोककल्याणकारी राज्य स्थापना गर्नु भयको ढकालको भनाइ थियो ।
अध्यक्ष ढकालले आफ्ना प्रतिबद्धता हरुमा राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति, लोकतन्त्र र समृद्धि, भ्रष्टाचार निवारण रसुशासन, असल परिवार र नैतिकवान समाज, पारिवारीक मूल्य–मान्यताको जगेर्ना, सामाजिक सदभाव र मेलमिलाप, युवा रोजगार तथापर्यटन प्रबद्धन रहेको उल्लेख गर्नु भयो । त्यसै गरि ढकालले शिक्षा तथा स्वास्थ्यमा सबैको पहुँच, लगानी मैत्री वातावरण सिर्जना, वातावरणसंरक्षण, प्रतिव्यक्ति आय बृद्धि, बृहत्तर सामाजिक रूपान्तरण, नव–ग्रामीण अभियान, उत्तरी तथा दुर्गम क्षेत्रको विकास, पञ्चशीलकोसिद्धान्तमा आधारित राष्ट्रिय हीत अनुकूलको सन्तुलित परराष्ट्र नीति, स्वयम् सेवा, पर्यावरणीय सन्तुलन, भूमिहिनहरूको उत्थान, सामाजिकसुरक्षा, बिपद् व्यवस्थापन, सामाजिक न्याय, समाज कल्याण, राज्य संयन्त्रलाई सेवाग्राही मैत्री, पारदर्शी र सवल बनाउने, सरकारी निकायमाबढ्दो राजनीतिक हस्तक्षेपको अन्त्य गर्ने, वाम प्रगतिशील गठबन्धनको घोषणा–पत्रको कार्यान्वयन गर्ने, उत्पादनको विकास र रोजगारीकोसिर्जना, अन्तरधार्मिक एकता तथा मेलमिलाप लगायत हासिल गर्न सडक, संसद, वा सरकार जहाँ भयपनी निरन्तर क्रियाशील रहने बताउनुभयो । ढकालले समानुपातिकमा सुर्य चिन्हमा र प्रत्यक्षमा वाम प्रगतिशील गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न पनि सबैमा आब्हानगर्नु भयो ।
प्रतिक्रिया