फोक्सो सफा राख्ने घरेलु उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७४, आईतवार १९:५१

चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ ।

तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला ।

यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ ।

विधि प्रयोग गर्ने तरीकाः

१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।

२. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् ।

किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।

३. बिहानको खाना र दिउँसोको खानाको बीचमा ३०० मिली गाजरको जुस पिउनुहोस् । गाजरको जुसले शरीरमा अल्कालीको मात्रा बढाउँछ ।

४.दिउँसो खाना खानुसँगै पोटासियम भएको जुस ४०० मिली पिउनुहोस् किनभने पोटासियममा विषाक्त तत्व फाल्ने क्षमता हुन्छ । यसका लागि आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलको जुस सेवन गर्दा उपयुक्त हुन्छ ।

अनि बेलुका सुत्नु अगाडि ४०० मिली अल्छाको जुस पिउनुहोस् र यसले गर्दा फोक्सोमा संक्रमण गरेका ब्याक्टेरिया मर्ने गर्दछन् ।

५‍. यस बाहेक तातो पानीले २० मिनेट नुहाउँदा यो विधि अझै प्रभावकारी हुन्छ । तातो पानीले नुहाउँदा फोक्सोमा भएका विषाक्त पदार्थ बाहिर निस्कन्छन् ।

यस बाहेक मसलाको तेल मिसाएको तातो पानीको बाफ लिंदा अझ राम्रो हुन्छ ।

फोक्सो स्वस्थ राख्न के खाने ? घरमै छ उपचार

प्याज :

प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो ।

अदुवा :

अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ ।

जरीबुटी :

सुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन् ।

भिटामन सीयुक्त खाना:

सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा
अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् ।

पिस्ता:

पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ ।

लसुन:

लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ । लसुनले फोक्सोलाई फाइदा पुर्याउँछ ।

सुन्तला :

सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ ।

सिस्नु :

सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ ।

मकै :

मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।

प्रतिक्रिया