छालालाई मुलायम र चम्किलो बनाउने सिबमु उत्पादन ग्रन्थिको रक्तसंचारमा कमि आउने हुनाले जाडोमा छाला सुक्खा भएर फुट्ने गर्छ ।मंसीर लागेसँगै तापमापक यन्त्र खुम्चिन थालेको छ । जाडो मौसमलाई विशेषतः छालाले मन पराउँदैन। चिसो मौसममा छालामुनिको बोसोको तहलगायत छालालाई मुलायम बनाइराख्ने तेलीय पदार्थ सिबम उत्पादक ग्रन्थिको रक्तसंचारमा समेत कमि आउने हुनाले छाला सुक्खा हुने र फुट्ने गर्छ। त्यसैले, यो मौसममा जसको पनि छालाले विशेष सुरक्षा खोज्छ ।
जाडोमा छालाको आन्तरिक आद्र्रता पनि घट्ने हुनाले छालाको चमक हराएर फुस्रो देखिने, कडापन आउने, विमिरा–पाप्रा उठ्ने, जलन हुने, चिलाउने हुन्छ। चिसोले छालाको प्राकृतिक तापमानमा गडबडी ल्याउँदा अनुहारको बाह्य तह इपिडर्मिस खुम्चेर स–साना कोषिकाहरू टुटफुट हुन्छ र मसिना काला धर्सा र चाउरीका संकेत देखिन्छ। यस्तो वेला फेसवास वा साबुनले पटक–पटक धुँदा वा तौलियाले पुछ्दा छालाको फुस्रोपन बढ्छ । त्यसकारण, अनुहारलाई जाडोको असरबाट बचाउन छालाको प्रकृति अनुसारको कोल्ड क्रिम वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ ।
यसैगरी, ओठलाई चम्किलो–रसिलो राखिराख्न प्रकृतिले यसको बाह्य सतहमा निकै पातलो तेलीय पत्रको व्यवस्था गरेको हुन्छ, जसलाई जाडो यामको हावाले सुक्खा बनाइदिन्छ । जाडोमा ओठ फुट्नुको मूल कारण यही हो। जिब्रोले ओठलाई छोइरहने कतिपयको बानी हुन्छ, जसले गर्दा र्यालमा रहेको इन्जाइमले ओठलाई ुइरिटेटु गर्छ र झ्न बढ्ता फुट्छ । यस्तो समस्यामा कागती वा सुन्तलाको रस जस्ता अम्लीय पदार्थको प्रयोग गर्दा ओठ अझ् फुटेर रातो हुने, रगत निस्कने, सुन्निने, चिरा पर्ने आदि जटिलता थपिन्छ ।
जाडोमा खस्रो भएको वा फुट्न थालेको ओठमा जेलीयुक्त बाम, च्यापस्टिक वा लिपस्टिक लगाउँदा अस्थायी निराकरण हुन्छ। ओठको बाह्य झिल्लीलाई रसिलो बनाइराख्न मह, घ्यू र नरिवलको तेल पनि लगाउँदा हुन्छ। कोठामा एअर कण्डिशन छ भने ह्युमिडमा राख्नुपर्छ । पानी र अरू झोलिलो पदार्थ प्रशस्त खानुपर्छ। ओठ टोक्ने वा मुखबाट सास फेर्ने बानी छ भने हटाउनुपर्छ ।
जाडोमा घाम ताप्न मन लाग्छ नै । तर, घाममा छालालाई नकारात्मक असर गर्ने परावैजनी किरण पनि हुने भएकोले घाम ताप्दा वा घर बाहिर निस्कँदा सनस्त्र्किन ९२५ एसपीएफ माथिको० लगाउनुपर्छ । त्यस्तै, तातोपानीले नुहाउँदा छालाको बाह्य तहमा शुष्कता ल्याउने हुनाले मनतातो पानीले छोटो समयभित्र नुहाइसक्नुपर्छ। जाडोमा रसायनयुक्त बास्नादार साबुनभन्दा नरम खालको साबुन वा बडी वास वा सावर जेल राम्रो हुन्छ । नुहाएलगत्तै कडा तरीकाले जीउ पुछ्नु भन्दा तौलियाले थपथपाएर सुक्खा पार्नु राम्रो हुन्छ । शरीरमा नियमित रूपमा मोइस्चराइजर र बडी लोसन लगाउन सकिन्छ। तोरी, जैतुन वा नरिवलको तेलले जीउ मालिस गर्दा छाला नरम हुन्छ भने हीटर ताप्दा छालाको बाह्य तहको शुष्कता बढ्छ ।
जाडोमा हातखुट्टाको छाला बाक्लो, कडा हुनुको साथै फुट्छ पनि । हातगोडा फुट्ने समस्या आउन नदिन एक्कासी धेरै तातो वा चिसो पार्नुहुँदैन। भाँडाकुँडा धुँदा तातो होस वा चिसो, सधैं एकैखालको पानी चलाउनुपर्छ । पानीको काम गर्दा वाटरप्रुफ पञ्जा लगाउँदा वा भ्यासेलिन दल्दा राम्रो हुन्छ। छालालाई शुष्क हुन नदिन अरू वेला पनि भ्यासलिन उपयोगी हुन्छ ।
हात फुट्ने समस्या भएकाहरूले हरहमेसा पञ्जा लगाउनुपर्छ भने कुर्कुच्चा फुट्ने समस्या भएकाहरूले राति सुत्नुअघि मनतातो नूनपानीमा केहीबेर डुबाएर सुक्खा बनाई भ्यासलिन, ग्लिसिरिन दल्दा धेरै फाइदा हुन्छ । हातखुट्टाको स्याहारका लागि वेलावेला मेनिक्योर र पेडिक्योर गराउन सकिन्छ । यसरी आफैं छालाको स्याहार गर्दागर्दै पनि समस्या रहिरहे चिकित्सकको परामर्श लिनुपर्छ ।
अघिल्लो वर्ष दराजमा थन्क्याइएका बाक्ला लुगाहरू झिक्दै लगाउँदै गर्दा छालामा एलर्जी हुनसक्छ । यो सामान्य चलनको कुरा हो, तर यसले धेरैलाई दुःख दिएको छ । त्यसकारण, पोहोरको जाडो पछि धन्क्याइएका स्वेटर, ज्याकेट र सिरकको खोल समेत एक पटक राम्रोसँग घाममा सुकाएर, धोएर वा आइरन लगाएर मात्र चलाउँदा बुद्धिमानी हुन्छ ।
प्रतिक्रिया