एक बलमा २१ रन दिएर बलरले बनाए नयाँ रेकर्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७१, मंगलवार ०६:५४

एन्टीगुवा– भनिन्छ क्रिकेटमा जे पनि हुनसक्छ । क्यारिबियन प्रिमियर लिगको दौरान भएको टी–२० खेलमा ठीक यस्तै भएको छ । एक बलरले एकै बलमा २१ रन दिएर नयाँ विश्व रेकर्ड बनाएका छन् ।4960_rertr-300x218 यसरी एक बलमा सर्वाधिक रन खर्चने अभागी बलर हुन् एन्टिगुआ हकस्बिल्सका फास्ट बलर मिगुएल क्यूमिन्स । उनले गुयाना अमेजन वारियर्सका विरुद्ध बिहिबार भएको खेलमा यस्तो रेकर्ड बनाएका हुन् । यस्तो थियो उनको बलिङ पहिलो बलः नो बल । ० रन दोस्रो बलः नो बल । १ रन तेस्रो बलः नो बल । ६ रन चौंथो बलः नो बल २ रन पाँचौं बल ः ६ रन छैटौं बलः नो बल । एक रन यसरी क्युमिन्सको बलिङ फिगर ०.१–०–२१–० रह्यो । यसअघि अस्ट्रेलियाका क्लिन म्याकेले एक बलमा २० रन दिएर रेकर्ड बनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१