कट्रिनादेखि शाहरुखसम्मः गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता छन् यी १२ सेलिब्रिटीको नाम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०७४, शुक्रबार ०६:०१

बलिउडमा हरेक शुक्रबार कोही न कोहीले रेकर्ड बनाइरहेका हुन्छन् र कुनै रेकर्ड तोडिएका पनि हुन्छन् । थुप्रै सेलिब्रिटीको नाममा विभिन्न रेकर्ड पनि छन् । तर यो प्याकेजमार्फत हामी यस्तो रेकर्डबारे कुरा गर्दै छौं जसमा नाम लेखाउन त्यति सजिलो छैन । हो, यहाँ कुरा हुँदैछ – गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को । यो रेकर्ड सर्व–साधारणदेखि सेलिब्रिटीसम्मको भागमा परेको छ । आज हामी तपाईंलाई ती सेलिब्रिटीबारे जानकारी दिँदै छौं जसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता छन् ।

१. कट्रिना कैफः

सन् २०१३ कट्रिनाका लागि केही विशेष नै रह्यो । त्यस वर्ष उनले बलिउड नायिकाध्ये सबैभन्दा धेरै कमाई गरेकी थिइन् । उनले ६३.७५ करोडको कमाई गरेकी थिइन् जसका कारण उनको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा समावेश गरियो ।

सोनाक्षी सिन्हाः

सन् २०१६ को मार्चमा सोनाक्षीको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । सोनाक्षीले एउटै समयमा थुप्रै महिलासँग मिलेर नेल पेन्ट गरेर रेकर्ड आफ्नो नाममा पारेकी हुन् । स्मरण रहोस्, विश्व महिला दिवसको मौकामा मुम्बईमा यो कार्यक्रम आयोजना गरिएको थियो जसमा सोनाक्षीसँग उनकी आमा पूनम सिन्हाले पनि भाग लिएकी थिइन् । कार्यक्रममा १ हजार ३ सय २८ महिलाले एउटै समयमा आफ्नो नेल पेन्ट गरेका थिए ।

आशा भोसलेः

आशा भोसलेले ११ हजारभन्दा बढि गीतमा आफ्नो स्वर भरेकी छिन् । सन् २०११ मा उनका नाम संगित जगतको इतिहासमा सबैभन्दा धेरै गीत गाएको भनी दर्ता गरियो । २० भिन्न भाषामा आशाले गीत गाएकी छिन् ।

अभिषेक बच्चनः

अभिषेकको नाम गिनिज बुकमा १२ घण्टाको क्रममा सबैभन्दा धेरैपटक सर्वसाधारणको अगाडि देखिने स्टारको रुपमा समावेश भएको छ । अभिषेकले सन् २००९ मा रिलिज भएको फिल्म ‘दिल्ली सिक्स’ को प्रोमोशनका बेला १२ घण्टा लगातार ७ शहरमा देखिए जसमा गजियाबाद, नोएडा, फरिदाबाद, दिल्ली, गुडगाव, चन्डीगढ र मुम्बईजस्ता शहर समावेश छन् । यो कामका लागि उनले आफ्नो प्राइभेट जेट र कारमार्फत करिब १ हजार ८ सय किलोमिटरको यात्रा गरेका थिए । स्मरण रहोस्, यो मामलामा अभिषेकले हलिउड नायक विल स्मिथलाई पनि जितेका छन् जसले सन् २००४ मा आफ्नो फिल्म ‘आइ, रोबोट’ को प्रोमोशनको क्रममा दुई घण्टामा तीनपटक दर्शकसामू देखा गरेका थिए ।

अमिताभ बच्चनः

अमिताभको नाम पनि यो अचम्मको विश्व रेकर्डका लागि समावेश गरिएको छ । उनले १९ बेग्लाबेग्लै गायकसँग हनुमान चालिसा गाइसकेका छन् ।

शाहरुख खानः

बलिउडका किंग खान भनिने शाहरुख खान पनि सन् २०१३ मा बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने नायकको शीर्ष स्थानमा थिए । उनले २२०.५ करोड भारुको कमाईसहित आफ्नो नाम ‘गिनिज वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम समावेश गर्न सफल भए ।

कुमार सानूः

कुमार सानूले सन् १९९३ मा एक दिनमा २८ गीत गाएर आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउन सफल भए ।

समिर अंजानः

फिल्म ‘साजन’ र ‘राज’ जस्ता फिल्मको गीत लेख्ने समिर अनजानको नाम पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गरियो । उनले ३५ हजारभन्दा बढि गीत लेखेका छन् ।

जगदीश राजः

यदि तपाईंले ८० र ९० को दशकको फिल्म हेर्नुहुन्छ भने लगभग सबैजसो फिल्ममा तपाईंले जगदीशले पुलिसको भूमिका निभाएको देख्नुहुन्छ । अनस्क्रिनमा सबैभन्दा धेरैपटक पुलिसको भूमिका निभाएको भनी उनको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा समावेश गरिएको छ ।

 ललिता पवारः

बलिउड नायिकामा सबैभन्दा लामो समयसम्म फिल्ममा काम गरेको भनी गिनिज बुकमा ललिता पवारको नाम दर्ता गरिएको छ । उनले ७० वर्षसम्म फिल्ममा काम गरिन् । उनको खातामा ७ सय भन्दा बढि फिल्म समावेश छन् ।

अशोक कुमारः

अशोक कुमारले सबैभन्दा लामो समयसम्म फिल्ममा मुख्य भूमिका निभाएका छन् । यो क्रम ६३ वर्षसम्म चल्यो । यसका लागि उनको नाम गिनिज बुकमा दर्ता भयो । उनले केही टेलिश्रृङ्खलामा पनि काम गरे ।

कपूर परिवारः

कपूर खानदानका २४ जनाभन्दा बढि मानिस फिल्म इन्डष्ट्रिमा काम गरिरहेका छन् । सन् १९९९ देखि आजसम्म यो परिवारको नाममा परिवारका सबैभन्दा धेरै सदस्य बलिउडमा काम गर्ने भनी रेकर्ड दर्ता छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१