डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७४, बिहीबार ०६:०१

काठमाडौं । नेपाल आयल निगमले खना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूलय बढाएइको हो ।

नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँ यस्तै डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको मूल्य पनि बढाइएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाा पर्ने प्रवक्ता गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो ।

त्यसैका आधारमा निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको गोइतले बताए । आज गरिएको मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१