आइएमएस मोटर्सले स्याङ्योङ टिभोली कार नेपाली बजारमा ल्यायो ! कति पर्छ मूल्य ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७४, मंगलवार ०५:५३

काठमाडौं । स्याङ्योङ मोटरकाे नेपालको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस मोटर्सले स्याङ्योङ टिभोली कार नेपाली बजारमा ल्याएको छ।

अटोमेटिक गियर बक्स सुविधा भएको  टिभोलीको बजार मूल्य ६५ लाख ९९ हजार रहेको छ भने म्यानुअल सेमिलोडेड गाडीको बजार मूल्य ५६ लाख ९९ हजार तोकिएको छ। ‘स्याङ्योङ ६५ प्रतिशत बाइब्याक ग्यारेन्टि एण्ड जिरो सर्भिस कस्ट अफर” अर्थात् मूल्यको ६५ प्रतिशतमा बाइव्याक खरिद गरिदिने र शून्य सर्भिस शुल्क योजनालाई कम्पनीले अगाडि सारेको छ।

यो अफर अन्तर्गत इन्जिन आयल, कूलेन्ट,ब्रेक प्याड (फ्रन्ट र रियर) आयल फिल्टर, ब्रेक आयल, पावर स्टेरिङ्ग, एसि फिल्टर, एयर फिल्टर र फ्युल फिल्टरमा ३ वर्षसम्म शून्य सर्भिस शुल्क लाग्ने बताइएको छ। यस योजनामा स्पट एक्स्चेन्ज, सहज किस्ताबन्दी, निःशुल्क एक्सोसरिज, एक वर्षसम्म सडक कर र दुई वर्ष सम्म वा अधिकतम ४० हजार कि.मि सम्मको वारेन्टि पनि दिइएको छ।

यस नयाँ स्याङ्योङ टिभोलिगाडीमा विभिन्न उपयोगी विशेषता एवं आकर्षक “बम्पर शो ग्रिल”, “रेडिएटर शो ग्रिल” सुधारिएको फग ल्याम्प तथा गाडी भित्र आकर्षक डिजाइन रहेको कम्पनीको दावी छ।

त्यस्तै यसमा स्पोर्ट युटिलिटि भेइकलमा दिउसो बत्ति बाल्नको लागि एलइ डि डे रनिङ्गल्याम्प, फ्रन्ट फगल्याम्प, नवीनतम्एल इ डि हेडल्याम्प, फाइन्डर रिपिटर र बाहिरी ऐनाहरु, पावर सनरुफ र रुफरेल पावर जस्ता विशेषताहरु पनि रहेको कम्पनीको दावी छ।

यसका अतिरिक्त स्याङ्योङ टिभोलि गाडीमा बहुप्रतिक्षित सुविधाहरु जस्तैः इलेक्ट्रोनिक्स स्टेविलिटि प्रोग्राम, इलेक्ट्रिक ब्रेक–फोर्स डिस्ट्युव्युसनको साथ एन्टि–लक ब्रेक, सातवटा एयर व्याग, छ सेन्सरहरु, हिटेड र भ्यान्टिलेटेड फ्रन्ट सिटहरु, सबै डिक्स ब्रेक, र डे टाइम रनिङ्ग ल्याम्प जस्ता विशेषताहरुले स्पोर्ट युटिलिटि भेइकल नेपालको वर्तमान सडक अवस्था अनुरुप सुरक्षित एवं उपयोगी रहेको बताइएको छ।

यसमाभएको इ–एक्सजिआई १६० इन्जिनल मोटरेवल बाटोमा होस् या शहरी बाटो जहाँ पनि आवाज, कम्पन र कडापनको महशुस नदिने कम्निीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१