रोबोटलाई पनि नागरिकता : यी हुन् नागरिकता पाउने विश्वकी पहिलो रोबोट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७४, सोमबार ०६:३५

एजेन्सी : रोबोट पनि नागरिक यो कुरा मानिसले विश्वास नै गर्न सक्दैनन् । तर, साउदी अरेबियाले रियादमा एक रोबोटलाई नागरिकता दिएको छ।

सोफिया नाम गरेकी रोबोटलाई रियादमा अक्टोबर २५ तारिखमा साउदी अरेबियाको नागरिकता दिइएको बिबिसीले जनाएको छ। यसरी नागरिकता पाएकी सोफिया नामकी रोबोटलाई हंगकंगको हान्सन रोबोटिक्स कम्पनीले बनाएको हो।

सेफियालाई नागरिकता दिएको विषयमा सामाजिक सञ्जालमा सकारात्मक र आलोचनात्मक दुवै खाले प्रतिक्रिया आएका छन्।

 

प्रतिक्रिया