मेट्स इन्टरनेस्नल एजुकेशन एण्ड भिसा सर्भिसेसको शाखा बिस्तार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७४, आईतवार १८:२१

चितवन । मेट्स इन्टरनेस्नल एजुकेशन एण्ड भिसा सर्भिसेसले पूर्वी चितवनको खैरेनी स्थित पर्सामा शाखा बिस्तार गरेको छ । मुख्य कार्यालय काठमाडौंमा रहेको मेट्स एजुकेशनले चौथो शाखाको रुपमा पर्सामा शाखा बिस्तार गरेको हो ।

शाखा कार्यालयको बिहिबार एक कार्यक्रमकाबीच इक्यान चितवनका अध्यक्ष जिवन रिजाल र निवर्तमान अध्यक्ष सोमबहादुर कँडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यय रिजालले यस्ता संस्थाहरुले व्यवसाय मात्र नभई यथार्थपरक परामर्श दिनुपर्ने बताए ।

सो अवसरमा मेट्स एजेकेशनका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले बिद्यार्थी र अभिभावकलाई सहि सुचना दिई लगानी सुरक्षित गर्ने काममा यस संस्थाले महत्वपूर्ण भूमिका खेल्ने दावी गरे । मेट्स मार्फत चितवन र यस आसपासका अत्याधिक विद्यार्थी अष्ट्रेलिया गएको उनले बताए । प्रवन्ध निर्देशक पाण्डेका अनुसार मेट्स मार्फत ९५ प्रतिशत विद्यार्थी अष्ट्रेलिया र पाँच प्रतिशत विद्यार्थी अन्य मुलुक जाने गरेका छन् । नेपालमा रहेको यस संस्थामार्फत बार्षिक २ सय जना बिदेश पढ्न जाने गरेको पनि उनले बताए ।

अष्ट्रेलियाको मेलवर्नमा रहेको मेट्स शाखा प्रमुख शंकर धरेलले आफ्नो संस्थाले विदेश पठाउने मात्र नभई सक्षम व्याक्ति समेत बनाउने बताए । मेट्सको मुख्य कार्यलय काठमाडौंको पुतली सडकमा रहेको छ भने पहिलो शाखा चितवनको नारायणघाटमा संचालन गरिएको थियो । दोस्रो शाखा काठमाडौंकै नयाँ बानेश्वरमा र तेस्रो शाखा पोखराको नयाँ सडकमा खोलिएको थियो । चितवनको पर्सामा चौथो शाखा उद्घाटन कार्यक्रममा केही समयपछि बुटवलमा शाखा बिस्तार गर्ने तयारी रहेको प्रवन्ध निर्देशक पाण्डेले जानकारी दिए ।

मेट्सका प्रवन्ध निर्देशक पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा इक्यान चितवनका निवर्तामान अध्यक्ष सोमबहादुर कँडेल,  समाजसेवी मुरली प्रसाद गजुरेल  लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१