‘ महिलाले जे पनि गर्न सक्छन्, मलाई सहासिक काम गर्न मजा लाग्छ : ऋतु ग्याम्दान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७४, शनिबार ०६:१८

काठमाडौं।  ऋतु ग्याम्दान तामाङ नेपाली पर्यटनमा परिचित नाम हो । तामाङ सानै उमेर देखि नेपाली पर्यटन विकासमा सक्रिय छिन् । ट्रेकिङ गाइड, ¥याफ्टिङ गाइड हुर्दै पर्यटन व्यवसाय सुरु गरेकी तामाङ समाजिक कार्यसमेत सक्रिय छिन् । महिला भएर पनि हिमालको नजिक पुग्नु र सहासिक काम गर्नु तामाङको दिनचर्या हो । ‘ महिलाले जे पनि गर्न सक्छन्, मलाई सहासिक काम गर्न मजा लाग्छ,’ तामाङले भनिन् ।

रसुवा घर भइ हाल काठमाडौंको ठमेलमा पर्यटन व्यवसाय गरेकी तामाङ सामाजिक कार्य गर्न रुची रहेको बताउँछिन् । ‘मैले धेरै समय देखि समुदायको हितमा काम गर्दै आएको, अझै अगाडी बढ्ने सोच छ,’ तामाङले भनिन् । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) को नयाँ कार्यसमिति चयनका लागि आइतबार चुनावी प्रतिस्प्रर्धा हुदैं छ ।

लोकतान्त्रिक समूहबाट टानको कार्यसमिति सदस्यमा उम्मेदवार बनेकी तामाङ अवसर पाए पर्वतीय पर्यटन क्षेत्रमा बिशेष योजना बनाएर काम गर्ने प्रतिवद्धता समेत जनाईन् । ‘म त मजदुर पनि हो, मलाई मजदुरमा हुने पिडा समेत छ, त्यसको लागि पनि म टानमा आउनु अनिवार्य छ,’ तामाङले भनिन् । हाम्रो समूहको प्रतिवद्धता पत्रमा ट्याक्स–भ्याटका समस्या समाधान, टानको संस्थागत सुदृढिकरण, पर्वतीय पर्यटन पूर्वाधार निर्माण देखि मजदुर र पर्यटन व्यवसायीका समस्या समाधान सम्मका विषय समावेश गरिएको तामाङले जानकारी दिइन् ।

मुलुकको संघीय संरचना अनुसार पर्वतीय पर्यटनक क्षेत्रमा देखिन थालेका थप देखिन सक्ने शूल्क, स्थानीय कर तथा अन्य स्थानीय शूल्कका विषयलाई राज्य र पर्यटन व्यवसायीको समेत सल्लाह र सुझावका आधारमा समाधान खोज्ने, पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज प्रवेश लगायतका सबै अनुमति पत्र एकद्वार प्रणाली मार्फत व्यवस्था गर्ने, टानको आन्तरिक व्यवस्थालाई थप सृदृढ बनाउने, राजनीतिकरण र राजनीतिक प्रभावबाट टानलाई मूक्त राख्ने हाम्रो समूको प्रतिवद्धता रहेको उनले जानकारी दिइन् ।

हामीले प्रतिवद्धता पत्रमा टिम्सबाट संकलित रकमको केही अंश अनिवार्य रुपमा अन्तर्राष्ट्रिय प्रवद्र्धमा खर्च गर्ने व्यवस्था गर्ने, नेपालको पर्वतीय पर्यटन सम्बन्धि गुणस्तरिय सामाग्रीहरु निर्माण गरि राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न माध्यमद्वारा प्रवद्र्धन गर्ने, मजदुर संघ–संगठनहरुसँग सम्पर्क र सहकार्य गरि मजदुर र व्यवसायी बीच सुमधुर सम्बन्ध विकास गर्ने, विस्तापित पदमार्गहरुको सट्टामा बैकल्पिक पदमार्गहरुको विकास गरिने हाम्रो प्रतिवद्धता रहेको समेत तमाङ बताउँछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१