आइफोन टेन (एक्स)  को प्रिबुकिङ आजबाट सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७४, शनिबार ०५:४६

एप्पलले आफ्नो दशौँ वार्षिकोत्सवलाई विशेष बनाउन सार्वजनिक गरेको बहुप्रतिक्षत आइफोन टेन (एक्स)  को प्रिबुकिङ आजबाट सुरु गरेको छ।

अनलाइन प्रिबुकिङ थालिए पनि यसभन्दा अघि भनिएको मितिमा भने यो फोन बजारमा उपलब्ध नहुने भएको छ।

यस अघि फोन यही नोभेम्बर ३ तारिखबाट उपलब्ध हुने बताइएको भएपनि अब भने यो फोन पूर्व निर्धारित समयभन्दा करिब एक महिना ढिलो गरी मात्र बजारमा आउनेछ।

फोन ‘सिल्भर’ र ‘ब्ल्याक’ गरी दुई कलरमा उपलब्ध हुनेछ भने ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य ९ सय ९९ तथा २५६ जीबी भेरियन्टको १ हजार १४९ पाउण्ड निर्धारण गरिएको छ।

यो फोनसँगै सार्वजनिक गरिएको ८ र ८ प्लसमा भने यसअघि नै बुकिङ खुलिसकेको छ।

नेपालमा आइफोन एट र एट प्लसको प्रिबुकिङ खुलेपनि एक्सको भने खुलेको छैन।

आइफोन ८ को ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको ९८ हजार ५ सय तथा २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै आइफोन ८ प्लसको ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख १२ हजार ५ सय र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख ३३ हजार रुपैयाँ मूूल्य तोकिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१