समृद्व टान बनाउने उद्घोषसहित लम्साल समूहको जित निश्चित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७४, शुक्रबार ०८:२७

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को यहि १२ गते होटल हायतमा सम्पन्न हुन गईरहेको निर्वाचनको लागि प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धनको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्सालको नेतृत्वले मनोनयन दर्ता गरेको छ ।

लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसीले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै सह–कोषाध्यक्षमा किरण धरेल, कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्यान्दम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेलले टानको सचिवालय मालिगाउँमा  मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता पश्चात अध्यक्षयका प्रत्यासी मोहन लम्सालले समृद्व टान बनाउने अभियान स्वरुप आफ्नो टिम आएकाले सम्पूर्ण पदयात्रा, व्यवसायी तथा शुभचिन्तकहरुलाई सहयोग गरिदिनको लागि अपिल समेत गरेका छन् । अर्को तिर नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले आसन्न टानको निर्वाचनका लागि संगठनका संयोजक नवराज दाहाललाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वारको रुपमा अघि सारेपनि  दाहालले नजित्ने  निश्चित जस्तै भएको छ ।

नेकपा एमालेलेको समर्थन भएता पनि एमालेमा दुई चिरा देखिएको छ ।  माधवकुमार नेपाल पक्षले नवराज दाहालको पक्षमा भोट नहाल्ने र मोहन लम्सालको प्यानललाई समर्थन गर्न सक्ने नाम उल्लेख नगर्ने सर्तमा बताउनुभएको छ  ।  एमाले पर्यटन बिभागका सुर्य थापा लगाएत केहि व्यक्तिको कोठा भित्रको  निर्णय सबैलाई मान्य नहुने समेत गोप्य स्रोतले बताएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१