इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत बोनस र २५ प्रतिशत लाभांश पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७४, बिहीबार ०६:१६

काठमाडौं ।  नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)  ले २०७४ असार मसान्तसम्म कायम सेयर पुँजीको १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। बैंकको मंगलबार बसेको ३१औं वार्षिक साधारणसभाले बोनस र लाभांश वितरणको प्रस्ताव गरेको हो। बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट चारजना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित हुनेमा कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडे रहेका छन्। उक्त अवसरमा बैंक सञ्चालक समिति अध्यक्ष पाँडेले बैंकलाई आगामी दिनमा पनि अब्बल बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।
साधारणसभाले पारित गरेको बोनस ९१ अर्ब ३८ करोड० सहित बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ, जुन चुक्ता पुँजी नेपालका निजी बैंकहरूमध्ये सबैभन्दा बढी हो। बैंकको सञ्चित रकम पनि बढेर आठ अर्ब आठ करोड रुपैयाँ पुगेको छ। सेयरधनी कोष पनि निजीक्षेत्रका बैंकमध्येकै सबैभन्दा उच्च छ।
बैंकले ‘दी बैंकरु, फाइनान्सियल टाइम्स लन्डनद्वारा दिइने ‘बैंक अफ दी इयरु पाँचपटक प्राप्त गरेको छ।
बैंकले आर्थिक वर्ष २०७३र७४ मा पाँच अर्ब २४ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुनामा २६।७ प्रतिशतले बढी हो। यस्तै खुद नाफा २२।१ प्रतिशतले बढेर तीन अर्ब ११ करोड पुगेको छ। बैंकको निक्षेप १५।७ प्रतिशतले बढेर एक खर्ब २५ अर्ब पुगेको छ भने कर्जा लगानी २२।६ प्रतिशतले बढेर एक खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा ९एनपीए० रेसियो अघिल्लो वर्षको ०।६८ प्रतिशतभन्दा बढेर गतवर्ष ०।८३ प्रतिशत पुगेको छ। आगामी वर्षमा एनपीए घटाएर न्यूनतम स्तरमा लैजाने प्रयास भइरहेको बैंकले जानकारी दिएको छ।
बैंकिङ क्षेत्रलाई सक्षम तथा एकीकृत गर्नका लागि नेपाल राष्ट्र बैंकले लिएको मर्जररप्राप्तिको नीतिलाई आत्मसात् गर्दै बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ। गत असार २९ गतेदेखि दुवै बैंकको एकीकृत कारोबार सुरु भएको हो। एस प्राप्तिपश्चात् बैंकका काठमाडौं उपत्यकाभित्र २३, उपत्यकाबाहिर ३८ गरी ६१ वटा शाखा पुगेका छन्। यस्तै, बैंकका तीन एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटीएम काउन्टर सञ्चालनमा आइसकेका छन्।
बैंकले यो वर्षदेखि नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन कार्यका लागि सम्झौता गरी मासिक विद्युत् महसुल बैंकबाटै भुक्तानी गर्न मिल्ने व्यवस्थाको सुरुवात गरिसकेको छ। बैंकका सबै शाखा र ई(बैंकिङ सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सकिनेछ। बैंकले सर्वसाधारणलाई सरकारी राजस्व संकलनमा सहजता होस् भन्ने उद्देश्यले देशका विभिन्न ११ स्थानका यातायात व्यवस्था कार्यालयमा राजस्व संकलन केन्द्र खोलेर नयाँ सुविधाको थालनी गरेको छ।
बैंकले ग्रामीण क्षेत्रका ग्राहकलाई ध्यानमा राखी प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने र समयानुकूल प्रविधिको प्रयोग गरी ग्राहक सेवामा सहजता ल्याउने जानकारी दिएको छ। बैंकले यही वर्षदेखि एटीएम र पस मेसिन दुवैमा प्रयोग गर्न आफ्नो कार्ड सञ्जालमा मास्टर कार्डको सेवा सञ्चालनमा ल्याएको छ।
साथै, चार लाखभन्दा बढी कार्ड प्रयोगकर्ताका डाटालाई अझ सुरक्षित बनाउन बैंकले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड पीसीआई डीएसएस सेवाको ३।२ संस्करण प्रमाणीकरण प्राप्त गरिसकेको जानकारी दिएको छ। बैंकले ‘दी बैंकरु, फाइनान्सियल टाइम्स लन्डनद्वारा दिइने ‘बैंक अफ दी इयरु पाँचपटक प्राप्त गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१