कपिलवस्तु – ‘बलिङ गरौ व्याटिङ गरौ, बालविवाह महिला हिंसा अनत्य गरौं भन्ने मुल नाराका साथ कपिलवस्तुमा आज मंगलबारबाट वालविवाह र महिला हिंसा अन्त्यकालागि ठोस कार्य संचालन गर्ने किशोरीहरुबीच मैत्रीपुर्ण जिल्ला स्थरिय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
नवर्निवाचित जनप्रतिनीधिहरु, सरकारी पदाधिकारी, खेलाडी, किशोरकिशोरी लगायत युवा र अन्य स्थानिय नागरीक समाज तथा विकास साझेदारी संस्थाका प्रतिनीधिहरुको उपस्थितीमा कार्यक्रम उद्रघाटन भएको हो ।
उतm प्रतियोगिता राष्ट्रिय क्रिकेट खेलाडी सावित्रा जिसीको वलिङमा प्रमुख अतिथि तथा जिल्ला मन्य समिती कपिलवस्तुका संयोजक नारायण प्रशाद खनालले व्यटीङ उद्रघाटन भएको थियो ।
कपिलवस्तु क्रिकेट संघको आयोजना, जिल्ला समन्य समिती, महिला तथा बालबालीका कार्यलय संयतm राष्ट्रयसंघिय जनसंख्या कोष ९युएनएफपीए० तथा नेपाल परिवर नियोजन संघ कपिलवस्तुको सहकार्यमा उतm प्रतियोगिताका गरीएको हो ।
बालविवाह दर उच्च भएको नगर तथा गाँउपालिकाहरुमा संचालित किशोरी विकास र्कायक्रममा संलगन किशोरी समुहका ७४ सदस्यलाई समुहमा विभाजन गरी सुरुवात भएको खेलमा दुई उपविभाजित समुबिजेता समुह बीच कार्तिक ९ गते तौलिहवास्थित खुल्ला मैदानमा फाईनल प्रतियोगीता हुने आयोजकले जनाएको छ ।
बालबिवाह तथा महिलाहिंसा अन्त्य गर्ने महत्वपूर्ण कार्यमा क्रिकेट लगायत विभिन्न माध्यमहरु मार्फत किशोरीसहित सम्पूर्ण सरोकारवालालाई प्र्रोत्साहन गर्न कपिलवस्तु जिल्ला क्रिकेट संघले पहिलो पटक युएनएफपीएसंग यो साझेदारी गरिएको हो ।
प्रतिक्रिया