भक्तपुर । तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ ।
तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पु¥याउन व्यस्त छन ।
स्थानीयवासी कर्णबहादुर वनमाला मनग्य आम्दानी हुनथालेपछि वनमाला समुदाय मखमली फूलखेतीतर्फ आकर्षित भएका बताउछन । तिहारमा फूल बेचेर प्रत्येक परिवारले एक लाखदेखि आठ लाखसम्म कमाउने गरेका छन । अहिलेसम्ममा करिब ३० हजार फूलको माला उनीसकेको अम्बिका वनमालाले बताए । उनीहरुले बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेका छन ।
प्रतिक्रिया