भारत, पाकिस्तान र मेक्सीकोमा भेटियो जलपरी (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७१, सोमबार ०५:४१

एजेन्सी – भारतको पोरबन्दर र पाकिस्तानको कराँचीको समुन्द्रको किनारामा एक जलपरी पाइएको खबरले तहल्का मच्चिएको छ । तश्विरमा देखाइएको जलपरी मेक्सिको शहरमा देखिएको कुराहरु बताइएको छ ।timthumb (1)

 यो खबरले जति नै सनसन्नी मच्चाए पनि यो खबर निकै गलत हो र जुन तस्बिरहरु सेयर गरिएका छन् ती तस्बिरहरु सन् २०११ मा रिलिज भएको फिल्म ‘पाइरेट्स अफ क्यारिबियनः अन स्ट्रेन्जर टाइड्स’ फिल्मको सेटमा प्रयोग गरिएको एक वस्तुको हो । यी तस्बिरहरु र यीसँग जोडिएका केहि भिडियोहरु पहिले पनि मानिसहरुबिच भ्रम फैलाउनका लागि प्रयोग गरिएका थिए ।

 विशेषज्ञहरुका अनुसार जलपरी भेटिनु भन्ने कुरा हल्लाबाहेक केहि पनि होइन । एक वेभसाइटमा संलग्न डेभिड एमरीका अनुसार भारत र पाकिस्तानको समुन्द्रको वरिपरि जलपरी भेटिएको एक भिडियो फेरी पनि सार्वजनिक गरिएको छ । जुन भिडियो र फोटो सेयर गरिएको छ त्यसलाई मेकअप र स्पेशल इफेक्ट्स आर्टिस्ट जोएल हारलोले प्रयोग गरेर यो जलपरिको निर्माण गरेका थिए ।


प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१