एजेन्सी – कुनै समय माउसको महत्वलाई लिएर खुब ठुलै चर्चा हुने गरेको थियो । तर पछिल्लो समयमा भएको टेक्नोलोजीको विकासले माउसलाई विस्तारै विस्थापित हुन थालेको छ ।
सन् १९६० मा आविष्कार भएदेखि ‘माउस’ कम्प्युटरको अभिन्न अंग भएको छ । ल्यापटपमा टचप्याड पनि माउसको विकल्पमा देखिएपछि धेरै मानिसहरु ल्यापटपमा पनि माउस नै प्रयोग गर्न रुचाउँछन् ।
तर, कम्प्युटरमा अहिले थ्रीडी शुरुवातसँगै विस्तारै माउस पछाडि पर्दैछ र यसको विकल्पमा नयाँ यन्त्र आउँदैछ । माउस टुडीमा सिमित भएपछि अहिले यस्तो यन्त्रको आविश्कार भएको छ जसले थ्रीडी –तीन डाइमेन्सनमा काम गर्न सक्छ ।
अमेरिकाको योमिङ विश्वविद्यालयका दुई विद्यार्थीले यस यन्त्रको आविष्कार गरेका हुन् । मानिसको औंलामा जडान गरिने यस यन्त्रले थ्रीडी इन्टरफेसमा काम गर्न सक्छ । एमइटी टेक्नोलोजीका अनुसार यो निकट भविष्यमा माउसको विकल्पमा विश्वव्यापी डिभाइस बन्न सक्छ ।
– See more at: http://www.harekpal.com/full-story-19865.html#sthash.uylZfODZ.dpuf
प्रतिक्रिया