असल बुहारी बन्नका लागि अपनाउनुहोस् यी तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७१, सोमबार ०५:०२

विवाह गरिसकेपछि श्रीमानको परिवारसँग राम्रो सम्बन्ध बनाउनु सबैभन्दा चुनौतीपूर्ण हुने गर्दछ । यद्यपी यो चुनौती श्रीमान् र श्रीमती दुबैको लागि हुने गर्दछ तर महिलाहरुलाई यो चुनौती अलि बढि हुने गर्दछ । अनुसन्धानका आधारमा करिब ६० प्रतिशत विवाहमा सासू र बुहारी एक–अर्काको तनावको स्रोत बन्ने गर्दछन् । सासुको अनावश्यक हस्तक्षेपका कारण धेरैजसो तनाव पैदा हुने गर्दछ । यो स्थितिलाई राम्रो बनाउनका लागि सबैभन्दा राम्रो तरिका भनेको तपाईंको सकारात्मक सोच र त्यसबाट प्रेरित व्यवहार र आफ्नो सासुप्रति सम्मान देखाउने नै हो । आउनुहोस् हामी तपाईंलाई केहि यस्ता टिप्सहरु दिन्छौँ जसलाई आत्मसात गर्दा तपाईं आफ्नो सासुसँगको सम्बन्ध राम्रो बनाउन सक्नुहुनेछ ।woman-daughter १. सकारात्मक सोचः जसरी बुहारी बन्नु तपाईंका लागि एउटा नयाँ अनुभव हो तपाईंको सासुका लागि पनि यो बिल्कुलै नयाँ अनुभव हुने गर्दछ । आफ्नो सासुप्रति सदैव सकारात्मक सोच राख्नुहोस् । २. समानताः आफ्नो सासु र आमालाई समान दृष्टिले हेर्नुहोस् । यदि तपाईं आफ्नी आमालाई उनको जन्मदिनमा केहि उपहार दिनुहुन्छ भने आफ्नी सासुलाई पनि उनको जन्मदिनमा उपहार दिनुहोस् । ३. सम्मानः आफ्नो सासुलाई निकै सम्मान दिनुहोस् । उनको उमेर तपाईंभन्दा धेरै भएकाले उनको अनुभवलाई महत्व दिनुहोस् । तपाईंकी सासुले उनको जीवनमा धेरै समस्या झेल्नु परेको थियो होला, यस्तो विषयमा सासुसँग कुराकानी गर्नुहोस् । तपाईंकी सासुले उनको विगतको बारेमा केहि बताउँछिन् भने यसले तपाईंहरुबिचको सम्बन्ध बलियो बनाउनमा मद्दत गर्दछ । ४. आशाः जुन परिवारमा तपाईंको विवाह भएको छ त्यो परिवारको बारेमा जान्न केहि समय लाग्ने गर्दछ । धेरैजसो परिवारमा बुहारीहरुको भव्य स्वागत हुने गर्दछ तर यस्तो भएन भन्दैमा निराश हुनु पर्दैन । आफ्नो नयाँ परिवारका सदस्यलाई बुझ्नका लागि समय लिनुहोस् । ५. शिष्ट रहुनहोस्ः जब तपाईंकी सासु घरमा हुनुहुन्छ भने उनी प्रति शिष्ट व्यवहार गर्नुहोस् । उनीसँगै बस्नुहोस् र कुराकानी गर्नुहोस् । उनलाई शहर घुमाउनु होस् । यदि उनले तपाईंलाई खाना बनाउनमा सहयोग गर्न खोजेमा उनलाई सहयोग गर्न दिनुहोस् । यसो गर्नाले तपाईं र सासुको सम्बन्ध राम्रो हुने गर्दछ । यदि तपाईंको सासुलाई घरको काम गर्न मन लाग्दैन भने तपाईं खाना बनाउन र घरको अरु काममा श्रीमानको सहयोग लिन सक्नुहुनेछ । ६. सूचनाः आफ्नी सासूलाई हरेक कुराको जानकारी दिनुहोस् । केहि कार्यक्रम भएमा सासू–बुहारी सँगै मिलेर योजना बनाउनुहोस् र दुबैको संलग्नतामा यसलाई रोमाञ्चक पनि बनाउनुहोस् । ७. सल्लाहः तपाईंको सासुसँग निकै वर्षको अनभव हुने गर्दछ, त्यसकारण उनीबाट सल्लाह लिन नहिच्किचाउनुहोस् । उनको सल्लाहमा सहमत नभएपनि उनको सल्लाह सुन्नुहोस् र उनीप्रति सम्मान प्रकट गर्नुहोस् । उनको कुनै पनि सल्लाहलाई व्यक्तिगत हमला नठान्नुहोस् । ८. बच्चाः आफ्नी सासुलाई बच्चाको स्याहार गर्न दिनुहोस् । धेरै पटक आफ्नो सन्तानभन्दा सन्तानको सन्तान महत्वपूर्ण हुने गर्दछन् । यदि तपाईंको सासुका कारण तपाईंको बच्चा समयमा सुत्न पाउँदैन अथवा धेरै चक्लेट खाने गर्दछ भने, उनलाई यस्तो गर्न दिनुहोस् । (एजेन्सी)

प्रतिक्रिया