काठमाडौं । तपाईले दशै तिहारमा वियर त पिउदै हुनुहुन्छ ? एक पटक पिउदै गरेको वियरलाई हेर्नुहोस त ? कतै लेदो र केही टुक्राहरु त छैन्न । होसियार हुनुहोस । जसका कारण तपाईको स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ ।
विश्वको धनीको सूचीमा परेका चौधरी ग्रुपले दशै तिहारको मौका छोपी बजार पठाएको ‘नेपाल आईस’ नामको वियर गुणस्तहिन रहेको भेटिएको छ । सरकारी कर्मचारीलाई रकम दिएर नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तरको चिन्ह लिएको सिजी ब्रुअरीले उत्पादन गरेको सो वियरमा अखाद्य बस्तुका टुक्राहरु भेटिएपनि खरिदकर्ताले तीव्रखबर डटकमलाई गुणस्तहिन वियर बिक्री गरेको देखाए ।
नेपाल गुणस्तर चिन्ह लिएको सो वियर तत्कालिन उद्योगमन्त्री महेश बस्नेतले सो कम्पनीलाई गुणस्तर चिन्ह प्रदान गरेका थिए । उच्च पदस्थ कर्मचारीकै संलग्नतामा उपभोग मिति सकिएपछि नक्कली मिति बढाएर छापिएको स्टीकर टाँसी रातारात चाडपर्वको मौका छोपी बजार पठाएका गुणस्तहिन वियर अहिले बिक्री भई रहेको छ ।
कम्पनीहरुबीचको प्रतिस्पर्धामा वियर उत्पादन गर्दै आएको सो सिजी ब्रुअरीले नेपाल आईस, रियल गोल्ड, हेवार्ड ५०००, लियोपार्ड, रोयल च्यालेन्ज लगायत ब्राण्डका वियर उत्पादन गर्दै आएको छ ।
काठमाडौं जिल्लाको बालाजु हाईटका एक उपभोक्ताले खरिद गरेर लगेको नेपाल आईस वियरको २ कार्टुनभित्रका बोतलमा अखाद्या बस्तु भेटिएको हो । वियर उपभोक्ता बालाजु हाइट बोहोराटारका धनबहादुर पण्डितले दशैं मनाउने क्रममा सेवन गर्न खोज्दा अखाद्य बस्तुका टुक्राहरु देखेको बताए ।
पण्डितले भने,‘मल्टिनेशनल सवैको विश्वास प्राप्त कम्पनीले उत्पादन गरेको सामानहरु गुणस्तर हुन्छ भन्ने सुनेर यसपटक खरिद गरेर ल्याएको थिए, तर सो नेपाल आईस वियर त अझ अखाद्य र गुणस्तहिन पो रहेछ, चौधरीले त विष बेचेर धनी हुने पो गरेका रैछन्, यस्तो गुणस्तहिन सामान बिक्री गर्नेको बारे सवैलाई जानकारी गराउनु पर्छ भनेर हामीले यहाँहरुलाई बोलाएको हो ।’
यसरी गुणस्तहिन वियर अहिले सुरक्षित राखिएको छ । सो कम्पनीले प्रत्यक्ष स्वस्थ्यमा खेलवाड गरेको उपभोक्ता पण्डितले बताएका छन् । उनले सो वियर खरिद गर्दा समेत विल नदिएको गुनासो गरेका छन् । सो कम्पनीबाट उत्पादन गरेको वियरको बोतलमा ४ एसई एस टि १५ः००ः३४ लेखिएको छ भने उत्पादन मिति सेप्टेम्बर २०१७ उल्लेख गरिएको पाईएको छ । सो वियरमा टाँसिएको स्टीकर प्रायः मेटिएको अबस्थामा छ ।
प्रति बोटल २ सय ५० रुपैयाँमा बिक्री गरिएको सवै वियरमा विभिन्न बस्तुको टुक्राहरु भेटिएको छ । यससम्बन्धमा पटकपटक सो कम्पनीमा सम्र्पक गर्दा कसैले पनि फोन उठाएनन् । भने, उता नेपाल गुणस्तर तथा नापतौल विभागका एक कर्मचारीसंग सम्र्पकगर्दा सो कम्पनीको वियर लगायत अन्य उत्पादनमा समेत गुनासाहरु आएका छन् तर माथिल्लो निकायसंग चौधरी समुहको उठबस भएका कारण अहिलेसम्म सो गुनासामाथी कुनै अनुगमन र अनुसन्धान गर्न नपाएको उल्टो गुनासो गरेका छन् ।
ती कर्मचारीले नाम नलेख्ने सर्तमा भने,‘हाम्रा हाकिमलाई नै सोधेर यर्थात के हो बुझ्नु होला ? चौधरीको बदमासीले सिमा काटेको छ ।’ दशैंको विदा भएकाले थप विवरणकालागि सरकारी पक्षसंग सम्पर्क हुन सकेन् ।रोशन कार्की
प्रतिक्रिया