काठमाडौं । नेपालमा बित्तिय अपराधहरु ज्तिमात्रामा भएको छ त्यसको अनुपातमा अपराधगर्नेहरु भने सजिलै उन्मुत्ती पाएको देखिन्छ । जति ठुलै अपराध गरेपनि सामान्य स्पष्टीकरणको भरमा चोखिन्छन । गोरखा डेभलपमेण्ट बैंक (नेपाल) लि.मिति २०६७।१२।११मा नेपाल राष्ट बैंकले समस्याग्रस्त घोषणा गर्यो पछि स्तर घटाएर समस्याग्रस्त फुकुवा गरियो । त्यस्तै नारायणी डेभलपमेण्ट बैंक मिति २०७०।१२।२७ समस्याग्रस्त वित्तीय संस्था घोषणा गरियो जुन केवल पत्र काटेर नेपाल राष्ट बैंक मौन बसेका छ । त्यस्तै मिति २०७१।०९।०४ नेपाल राष्ट बैंकले अर्को एक कर्पोरेट डेभलपमेंन्ट बैंक लि.लाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरियो सायद तिन समस्याग्रस्त डेभलपमेंन्ट बैंकमा सबैभन्दा बडी घोटाला भएको बैंक कर्पोरेट डेभलपमेंन्ट बैंक लि हो तर राजनितिक भनसुनको कारण त्यस बैंकका अध्यक्षलाई केवल स्पष्टीकरण मागियो भने सिइओलाइ रु ५००००० (पांच लाख) जरिवाना गरि छोडियो । तर केवल यस साधारण कार्वाहीले तत्कालिन अध्यक्षको अनैतिक कार्य गर्ने हौसला झन वढायो ।
चतुर तथा एमालेका प्रभावशाली नेता तथा के पी ओलीका दाहिनेहात मानीने पुर्व अध्यक्ष मोहन रेग्मी बैकलाइ समस्या घोषित गर्ने चाल पाउना साथ अध्यक्ष पदबाट राजिनामा दिएका थिए अध्यक्ष पदबाट राजिनामा दिए पनि निर्देशक पदमा आशिन रहि अध्यक्षले गर्ने कार्य नै गर्दै आए । बर्तमान अध्यक्ष बिष्णु प्रशाद सुवेदी थपना मात्र साबित भए । ऋणी संग मिलि व्याज मिन्हाको वाहनामा ठुलो धनरासी कमाउने दाउमा एक गिरोहनै लागेको छ । यो बिचमा धितो ऋण उठाउने क्रममा ऋणीसंग मिलोमतो गरी व्याज मिन्हा गर्ने धेरै अनियमितता भए । यति सम्म हुदा पनि नेपाल राष्ट बैंक मौन नै बसिरह्यो उन्को कार्य यतिमा मात्र सिमित रहेन बैंकनै बिक्री गर्ने खेलमा लागे बैंक भित्रकै केहीलाई बैंक बिक्री गर्ने एकल निर्णय गरि तत्काल आफ्नो लगानीको चेक समेत बुझे अरु शेयरहोल्डरहरुलाई जिल्लाराम परे । आज पनि सो बैंकका प्रमोटरहरु र पुर्व सिइयो विपिन पोखरेल आफ्नो लगानी उठाउन कहिले रेग्मीको घर कहिले रेग्मीको कार्यालय कहिले नेपाल राष्ट बैंक धाइरहेछन् ।
अब पनि नेपाल राष्ट बैकले हस्तक्षेप गरी आफ्नो हातमा नलिने हो र बैक डुवाउन खोज्ने हरुलाई कानुनी कठघरामा नउभ्याउने हो भने यस्का सेयर धनिको लगायत निक्षेप कर्ताको लगानी सुरक्षामा आंच आउन सक्ने निश्चित छ ।
प्रतिक्रिया