सन्तान जन्माउन मन छैन ? यो लेप लगाउनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७४, शुक्रबार ०६:३८

काठमाडौं ।  लोग्नेमानिसहरूका लागि गर्भनिरोधक एउटा लेप आएको छ । यो क्रीम राखेपछि शुक्रकीटको प्रवाह बन्द हुन्छ।

बाँदरहरूमाथि गरिएको परीक्षण सफल भएपछि अब मानिसलाई यो क्रीम लगाउन दिइने भएको छ ।

भ्यासलक्रीमलाई पुरुषको ट्युबमा हालिनेछ । क्रीमले शुक्रकीटलाई लिंगमा जान दिँदैन ।

यस्तो नयाँ गर्भनिरोधक ल्याउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रीमले काम गर्ने पत्ता लागेको बतायो । केही वर्षभित्रैमा पुरुषहरूमा यसको प्रयोग गर्न सकिने उसको विश्वास छ।

यो प्रयोग सफल भयो अनि यसलाई कानूनी स्वीकृति पनि प्राप्त भयो भने केही वर्षभित्रै भ्यासलजेलले पुरुष गर्भनिरोधक बनाउनेछ।

अहिले पुरुषहरू दुई तरिकाले गर्भनिरोध गरिरहेका छन् : कन्डम र भ्यासेक्टोमीद्वारा। भ्यासलजेल आयो भने त्यो पनि एकप्रकारको भ्यासेक्टोमी नै हुनेछ।

भ्यासेक्टोमीभन्दा विपरीत पुरुषले बच्चाका सम्बन्धमा फैसला परिवर्तन गर्न चाह्यो भने भ्यासलजेलले त्यो विकल्प पनि दिनेछ। बीबीसी हिन्दीबाट

प्रतिक्रिया