कपिल शर्माले गर्लफ्रेन्डसँग गरे ब्रेकअप !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७४, शुक्रबार ०६:३५

काठमाडौं । भारतका हास्यकलाकार कपिल शर्माका लागि यो वर्ष अत्यन्तै खराब रह्यो। सहकलाकार सुनिल ग्रोभरसँग विमानभित्र झगडा गरेपछि सुनिलले शो नै छोडिदिए । त्यसकारण शोको टीआरपी नै घट्यो।

अहिले आएको जानकारी अनुसार कपिलले गर्लफ्रेन्ड गिन्नीसँग ब्रेकअप गरेका छन्। कपिलले आफैंले ब्रेकअप गरेको खबर आएको छ।

कपिलले बिहे पनि क्यान्सल गरिदिएको बुझिएको छ। कपिलकै टीममा रहेकी एक युवतीसँग उनको नजिकको सम्बन्ध रहेको स्रोतको भनाइ छ। ती युवतीले नै कपिल र सुनिलबीचको झगडालाई सार्वजनिक गरेको स्रोत बताउँछ।

यिनै युवतीका कारण कपिल र गिन्नीका बीच फाटो आएको बताइएको छ। तर कपिल र गिन्नी आफैंले केही नभनेकाले उनीहरूबीच समस्या आएको भनेर दाबी नै गर्न सकिने स्थिति चाहिँ छैन। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१