चामलको भाउ यसकारण बढ्यो : दालको घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७४, बिहीबार ०५:४९

काठमाडौँ । तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन् । व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन् । चामलको उपभोक्ता मूल्य पनि बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन् । थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन् ।

दालको मूल्य
दालको तुलनात्मम मूल्य घटेको छ । असारको तुलनामा भदौमा केही मूख्य दालको मूल्य घटेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया