अण्डा कत्तिको खानुहुन्छ ? यसले बढाउँछ यौन क्षमता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७४, बिहीबार ०५:३९

अण्डा शाकाहारी खानेकुरा हो की मांशाहारी ? यो विषयको विवाद कहिल्यै टुंगिनेछैन। तर अण्डा लाभदायी हुन्छ र निकै पोषक हुन्छ भन्ने कुरामा भने विवाद गर्ने ठाउँ छैन। अण्डामा हुने पोषक तत्वहरुले सरीरको पोषणको आवश्यकता पूरा गर्नमा ठूलो सहयोग गर्छ।

पुरुषको हकमा सरीरमा पुरुष हर्मोनको कमी हुँदा त्यसले शारीरिक विकाशमा समेत बाधा पूराउँछ। यस्तो यौनिक हर्मोनले पुरुषमा यौन क्षमता तथा यौन लक्षणको विकाश गर्ने कामका साथै रक्तसंचार , मांशपेशीको विकाश तथा मानवीय संवेदना तथा स्मृती लगायतका विषयमा पनि प्रभाव पार्छ।

पुरुषमा यौन हर्मोन अर्थात् टेस्टेस्टेरोनको मात्रा सन्तुलित गर्नका लागि अण्डाको सेवन निकै लाभदायी सावित हुन्छ।

पोषणविज्ञहरुका अनुसार बिहानको खाजामा उच्च प्रोटिन युक्त अण्डा सेवन गर्नु निकै लाभप्रद हुन्छ। अण्डा सँगै हरियो सागपातको सेवन गर्नुपर्छ। बिहानको खाजामा प्रोटिनको भोजनले पुरुषमा यौन क्षमतामा वृद्धि गर्छ जबकी कार्बोहाइड्रटयुक्त बिहानी खाजाले पुरुषमा यौन हर्मोनमा कमी ल्याउँछ।

गएको वर्ष बेलायतमा गरिएको एक अध्ययन अनुसार फ्राइ अण्डा खाने पुरुषको यौन क्षमता बढि हुन्छ । अध्ययन अनुसार अण्डाको भुजिया खाने मान्छे दोश्रो व्यक्तिप्रति बढि लगाव राख्ने खालको हुन्छ भने अमलेद खाने मान्छे अनुशासित हुन्छ। अण्डाको भोजनले मोटोपन कम गर्न समेत सहयोग गर्छ।

प्रतिक्रिया